२०८१, १२ बैशाख बुधबार

उद्योग दिवसमा दुई सम्मानित

डबली खबर     मंसिर ९ २०७७ २०:४५

Two entrepreneurs from Nuwakot honored on the 6th Industry Day
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – छैठौं उद्योग दिवसको अवसरमा उत्कृष्ट उद्यम गर्ने दुई जना उद्यमी सम्मानित भएका छन्।

उद्योग र रोजगार: समृद्धिको आधार भन्ने नाराका साथ मनाइएको उद्योग दिवसको असवरमा घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले ओम बेकरी त्रिशुलीका निलम रञ्जित र सापकोटा गाई फर्म ईनारपाटिका सावित्री सापकोटालाई सम्मान गरेको छ ।

देशभरका ७५३ वटै स्थानीय तहमा मनाउन र आफ्नो पालिकाभित्र उत्कृष्ट उद्यम गर्नेलाई सम्मान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो । स्थानीय तह क्षेत्र भित्रका उत्कृष्ट उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गर्न आग्रह भएको मन्त्रालयले जनाएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोट प्रमुख दुर्गादत्त भट्टले जानकारी दिए ।

नुवाकोट उद्योग वाणिज्य संघका द्वितिय उपाध्यक्ष सन्तोष उप्रेतीले कोरोनाभाइरसका कारण साना तथा घरेलु उद्योगीहरुमा परेको समस्या सहजिकरणका लागि कार्यालयले समन्वय गरिदिन आग्रह गरेको छ । उनले व्यवसायिक उत्थान, घरेलु तथा साना उद्योग कार्यालयबाट हुने सेवा प्रबाह, उद्यमिहरुको व्यवसायिक योजना र समयानुकुल क्षमता अभिवृद्धि लगायतको क्षेत्रमा कार्यालयले कार्य गर्नुपर्ने बताए । महिलाको नाममा उद्योग दर्ता हुँदा १ सय रुपैया लाग्दै आएकोमा अहिले १२ हजार रुपैयाँ लिने गरेकोमा यसलाई तत्कालै संसोधन गर्दै सरल र सहज बनाउनु पर्नेमा जोड दिए ।

लामो समयसम्म कोरोनाभाईरसका कारण थलिएको उद्योग क्षेत्रको पुनःउत्थानको लागि सम्बनिधत कार्यालयबाट हुनुपर्ने पहलकदमिमा कमि भएको कार्यक्रममा सहभागीहरु नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्य समिति नुवाकोटका महासचिव बद्रि अर्याल, जिल्ला लघु उद्यमी समूह संघ नुवाकोटका अध्यक्ष गीता थापा लगायतले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top