२०८१, १३ बैशाख बिहीबार

कोरोनामिटर: ३६औं स्थानमा नुवाकोट, सङ्क्रमित बढ्दै

डबली खबर     मंसिर ४ २०७७ २१:४२

coronavirus covid-19 infected data of nuwakot district
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांकअनुसार देशभरका सङ्क्रमित जिल्लाहरुको आधारमा नुवाकोट ३६औं स्थानमा रहेको छ। दुई महिनामा अघिमात्र ५५ औं रहेको थियो । महामारी कोरोनाभाइरसका कारण देशभर सक्रिय संक्रमितको संख्या २८ हजार एक सय ६ रहेको छ भने नुवाकोटमा सात सय ५० रहेको छ ।

सङ्क्रमितको तथ्यांकअनुसार बागमती प्रदेशका जिल्लाहरुमा नुवाकोट ८औं स्थानमा रहेको छ। पहिलोमा काठमाडौं र अन्तिममा रसुवा जिल्ला रहेका छन्।

स्वास्थ्य कार्यालयका स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेकाअनुसार सातहजार दुईसय दुई जनाको परीक्षण गरिएकोमा छ हजार चारसय ५२ जनाको नतिजा निगेटिभ आएको छ । जिल्लामा कोरोनाको कारण एक जना महिलाले ज्यान गुमाएका छन्।

७५ जना निको, २७० जना सक्रिय सङ्क्रमित

नुवाकोटमा पछिल्लो २४ घन्टामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहिबार ७५ जना निको भएका छन्। कोरोनाकाभाइरसका कारण जिल्लामा अहिले अस्पतालमा तीन जना, स्थानीय तहले निर्माण गरको आईसोलेसन सेन्टरमा एक जना र होम आईसोलेसन दुईसय ६६ जना गरि कुल दुईसय ७० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिएका छन् ।

उनका अनुसार अहिलेसम्म जिल्लाका दुइ नगरपालिकाका चारसय ९८ जना र दश गाउँपालिकाका तीनसय १६ जनामा सङ्क्रमण भएको छ । जसमा विदुर नगरपालिकाका चारसय ३३ र बेलकोटगढी नगरपालिकाका ६५ जना सङ्क्रमित भएका छन्। यस्तै, सुर्यगढ़ी गाउँपालिकाका ५३, तारकेश्वर ३१, शिवपुरी २९, तादी २८, दुप्चेश्वर २६, ककनी २५, किस्पाङ २१, लिखु १६, पञ्चकन्या १६ र म्यागङ छ जनामा सङ्क्रमित भएका छन् । जिल्लामै अन्य जिल्लाका एक जना नागरिकको कोरोना परीक्षण गरिएकोमा संक्रमण भएको तथ्यांक रहेको छ।

विदुर नगरपालिकामा सङ्क्रमित बढी

स्थानीय तहका सङ्क्रमित नागरिकको तथ्यांकमा सबैभन्दा बढी सङ्क्रमित विदुर नगरपालिका र सबैभन्दा कम म्यागङ गाउँपालिकाका नागरिक रहेका छन्। जसमा विदुर नगरपालिकाका महिला एकसय २५ र तीनसय ८ जना पुरुष गरी चारसय ३३ जनामा कोरोना सङ्क्रमण भएको छ । म्यागङका महिला एक र पुरुष ५ जना गरी ६ जनामा कोरोना सङ्क्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार महिला तीनसय ६ जना र पुरुष सातसय १२ जना गरि नुवाकोटकाका एकहजार १८ जना नागरिकहरुमा कोरोना संक्रमण रहेको तथ्यांकले जनाएको छ जसमा दुईसय ६८ जना देशका अन्य जिल्लाहरुमा बसोबास गर्दै आएका र उतै परीक्षण गरिएका नागरिकहरुमा संक्रमण भएको जनाएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार अहिलेसम्म जिल्लाभित्र सातसय ५० जनामा संक्रमण भएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top