२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमा थप ८ सङ्क्रमित

डबली खबर     मंसिर ४ २०७७ १७:२०

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – नुवाकोटमा कोरोनाभाइरसको कारण आज ८ जना सङ्क्रमित थपेसँगै सङ्क्रमित हुनेको संख्या ७ सय ५० पुगेको छ । सङ्क्रमित मध्ये २२१ जना महिला र ५२९ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३९ जनाको कोरोना परीण गरिएकोमा थप ८ सङ्क्रमित थपिएको छ भने ३८ जनाको निगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार आजमात्र ७५ जना निको भएका छन् । उनका अनुसार जिल्लामा सङ्क्रमित संख्या २७० रहेको छ ।

हालसम्म जिल्लामा ७ हजार २०२ जनाको पिसिआर परिक्षण भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top