२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

नुवाकोटमा आजदेखि निषेधाज्ञा

डबली खबर     कार्तिक २६ २०७७ ०५:२१

DAO Nuwakot Office Building
pratik book and stationery center in nuwakot

विदुर, नुवाकोट – जिल्ला प्रशासन कार्यालयले आजदेखि निषेधाज्ञा जारी गरेको छ । जिल्ला सङ्कट व्यावस्थापन केन्द्र (सिएसी)को बैठकबाट आज कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिने जोखिम कम गर्न यस वर्षको तिहारमा देउसीभैलो खेल्न निषेध गर्नुको साथै खेलकुद, नाच, मेला, भीडभाडमा रोक लगाइएको छ । जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, भेला, सभा, जुलुस वा प्रदर्शनजस्ता कार्यमा समेत रोक लगाइएको प्रजिअ ढकालले बताए । मन्दिर, गुम्बा, चैत्य, विहार, मस्जिद, चर्च आदिमा सामूहिक भेला हुन, सामूहिक रूपमा आश्रय लिई बस्न, सम्मेलन तथा जमघटका कार्यक्रम नगर्न भनिएको छ ।

काठमाडौँस्थित विशिष्ट सेवा प्रवाह गर्ने अस्पतालहरू कोरोना सङ्क्रमितले भरिभराउ भइसकेको र आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएकाले रोग नियन्त्रणका लागि नुवाकोटमा आजदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाले आदेश पालना गर्न सबैलाई अपिल गरिएको छ । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top