२०८१, ६ बैशाख बिहीबार

कुम्भेश्वर दुग्ध संकलन तथा प्रशाेधन केन्द्र सञ्चालन

डबली खबर     कार्तिक २२ २०७७ २०:५९

kumbheshwor milk collection center in panchakanya rural municipality nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

पञ्चकन्या – नुवाकोटकाे पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित आठबिसे फाँटमा ५ सय लिटर क्षमताको कुम्भेश्वर दुध संकलन तथा प्रशाेधन केन्द्र आजदेखि सञ्चालन आएकाे छ ।

शनिबार पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले केन्द्रकाे शुभारम्भ गर्दै आय र रोजगारी सृजनामार्फत् गाउँपालिकामा गरिबी निवारण गर्नका लागि कुनै पनि युवाहरुलाई आफुले निराश नपार्ने बताए । गाउँपालिकाले समृद्ध पञ्चकन्या निर्माणको लागि नितिगत रुपमै कृषि क्षेत्रलाई प्राथमिकता दिएको र मुख्य गरी कृषी उत्दानको बढावा र बजार सम्म पहुँच पुर्याउन कार्यक्रमहरु केन्द्रित गरी रहेको उनले बताए ।

थाईल्याण्ड सरकार र पञ्चकन्या गाउँपालिकाको आर्थिक सहयोगमा संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालद्वारा रुडेक नेपालमार्फत् सञ्चालित सामुदायिक संरचना तथा जिविकापार्जन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा केन्द्रको स्थापना गरिएको हाे । केन्द्रमा गाउँपालिका तथा रुडेक नेपालमार्फत् युनडिपीको आधाआधा रकम सहयोग गरेका छन् ।

करिब ६ लाख ५० हजार लगानी रहेको दुग्ध संकलन केन्द्र सञ्चालन गर्न कृषक समुहको २ लाख तथा गाउँपालिका र यूएनडीपी नेपालको रुडेक नेपालमार्फत २ लाख २० हजार सहयोग रहेकाे कृषक समुहका अध्यक्ष विवस बोहोराले जानकारी दिए । शुभारम्भका दिन करिब १२० लिटर दुध संकलन भएको उनले जानकारी दिए ।

दुग्ध संकलन केन्द्र सञ्चालनपछि पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकाका करिब ३ सय कृषकहरु लाभान्वित हुने रुडेक नेपालका मीन कुमार केसीले बताए। करिब ४ सय ५० लिटर दैनिक संकलन गर्ने लक्ष्य लिएको कृषक समुहले आगामी दिनमा भैसीपालन व्यवसाय समेत थप गर्ने कार्यक्रम रहेको उनले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top