२०८१, १४ बैशाख शुक्रबार

जिसस प्रमुख तामाङ कोरोनामुक्त

डबली खबर     कार्तिक २० २०७७ १२:२०

santaman tamang recovery fram covid-19 nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ कोरोनामुक्त भएका छन् ।

उनी बुधवार कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

गत कात्तिक ३ गते गरिएको पिसिआर परिक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएका तामाङ होम आइसोलेसनमा बसेर उपचार गरिरहेका थिए ।

उनले आफु सङ्क्रमित भएपछि फेसबुक मार्फत एकहप्ताभित्र सम्पर्कमा रहेका सबैलाई पिसिआर परिक्षण गर्नको लागि अनुरोध गरेका थिए । साथै उनले पिसिआर परिक्षण गरेपछि पनि भेटघाट कम गरेको र सहभागी नभई नहुने भेटघाट र बैठकमा उपस्थिती जनाएतापनि स्वास्थ्य मापदण्ड अपनाएको फेसबुकमा पोस्ट गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top