विदुर, नुवाकोट – नुवाकोटमा कोरोनाभाइरसको कारण सङ्क्रमित हुनेको संख्या ५ सय ७४ पुगेको छ । सङ्क्रमित मध्ये ४१० परुष र १६४ जना महिला रहेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेका अनुसार कार्तिक महिनामा मात्र ३२६ जना सङ्क्रमित थपिएको छ। उनका अनुसार यस महिनामात्र सबैभन्दा बढी विदुर नगरपालिकाका २०७ जना सङ्क्रमित भएको छ भने म्यागङ गाउँपालिकामा सङ्क्रमितको संख्या शुन्य रहेको छ।
पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका थप एक महिलामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार नुवाकोटका २२३ जना संक्रमित कोरोनामुक्त भई घर फर्किएका छन् । जसमा १७१ पुरुष र ५२ महिला रहेका छन् ।
हालसम्म जिल्लामा ६ हजार ४७६ जनाको पिसिआर परिक्षण गरिएकोमा ६ हजार २४४ जनामा निगेटिभ देखिएको थियो ।
प्रतिक्रिया