+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा दैनिक चार जना सङ्क्रमित थपिदैं

Covid Infected Data_ Nuwakot District@2x
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – नुवाकोटमा कोरोनाभाइरसको कारण दैनिक रुपमा सरदर ४ जनाको रुपमा सङ्क्रमित थपिदैं छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार असोज महिनामा मात्र १२५ जना सङ्क्रमित थपिएका छन्। कोरोनाभाइरसको कारण सबैभन्दा बढी २४ गते २४ जनै र २५ गते २६ जना सङ्क्रमित भएका थिए। गएको ३० दिन भित्रमा छ दिन मात्र सङ्क्रमण दरको सङ्ख्या शून्य रहेको थियो।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार जिल्लामा अहिलेसम्म २४० जना सङ्क्रमित भएका छन् भने १३६ जनाले कोरोनाको सङ्क्रमण जितेर घर फर्केका छन् ।

तथ्यांकअनुसार अहिले १०४ जना आइसोलेसनमा उपचारत रहेका छन् । जसअनुसार अस्पतालमा २१ जना, सेन्टरमा १७ जना र होम आइसोलेसनमा ६६ जना उपचारत रहेका छन्।

सङ्क्रमित हुनेको तथ्यांकमा पुरुषको सङ्ख्या बढी रहेको छ । सङ्क्रमित हुनेमा १८५ जना पुरुष र ५५ जना महिला सङ्क्रमित भएका छन् । निको हुनेमा १०२ जना पुरुष र ३४ महिला निको भइ घर फर्केका छन्।

यस्तै, अहिलेसम्म ५ हजार ३९२ जनाको कोरोना परीक्षण गरिएकोमा ४ हजार ९२२ जनाको नतिजा निगेटिभ आएको छ। जसमा ४ हजार ११७ जना र १ हजार २७५ जना महिला रहेका छन्।

थप सात सङ्क्रमित

शुक्रबार मात्र जिल्लामा सात जनामा कोरोनाभाइरसको कारण सङ्क्रमित भएका छन्। विदुर नगरपालिकाका २१, ४२,४४ का दुइ जना र ४८ वर्षीय ५ जना पुरुष सङ्क्रमित भएका छन्।

यस्तै, ककनी गाउँपालिकाका ३० वर्षीय एक पुरुष र शिवपुरी गाउँपालिकाका ४० वर्षिया एक महिला सङ्क्रमित भएका छन् ।

२४ घन्टामै थप ११० जनाको नमूना परीक्षण गरिएको र १६जनाको नतिजा प्राप्त भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ