+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशुली सामाजिक क्लबद्वारा सरसफाई

lelin ranjit bidur municipality ward 1 chairman sanitation program
डबली खबर
५ साल अगाडी

त्रिशुली, नुवाकोट – छैठौं संविधान दिवसको अवसर पारेर त्रिशुली सामाजिक क्लबले त्रिशुलीमा रहेको पुर्वजहरु हिँडने गल्ली सरसफाई गरेको छ ।

विदुर नगरपालिका वडा नं १ का वडाध्यक्ष लेनिन रञ्‍जितले सरसफाईको लागि आवश्यक सामग्री क्लबलाई हस्तान्तरण गरेका छन्। आफ्नो घर आँगन सफा र स्वच्छ बनाउने अभियानमा जुट्न वडाबासी लागि आव्हान गरेको छ। स्थानीय युवाहरुको अगुवाईमा गरिएको सरसफाईले वडाका सम्पूर्ण क्षेत्रमा पनि निरन्तता दिनुपर्ने उनले बताए।

क्लबका अध्यक्ष नरेन्द्र अमात्यका अनुसार त्रिशुली बजारमा रहेको त्रिशुली गंगा माई हल र तोरी मिलको पछाडि रहेको गल्लीमा सरसफाई गरिएको हो।

“बजारमा सडक विस्तारसँगै उक्त गल्ली ओझेलमा परेको थियो “, उनले बताए “पूर्वजहरु हिड्ने गरेको बाटोलाई जीवन्त राख्न र गल्लीलाई पुन: प्रयोगमा ल्याउनको लागि सरसफाई गरिएको हो।”

उक्त गल्ली हुदैं बटुवाहरु बगुवा, हात्तिगौंडा, कोलेनी, देउराली लगायतका स्थानमा पुग्ने गरेको स्थानीयहरु बताउँछन् ।

क्लबको आगुवाईमा भएको सरसफाई कार्यक्रममा वडाध्यक्ष स्वयम् सरसफाईमा खटेका थिए । सरसफाईमा वडासदस्य, टोल विकास संस्था, स्थानीयबासी लगायतकाे सहभागितामा रहेको क्लबका अध्यक्ष नरेन्द्र अमात्यले बताए।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ