२०८१, १३ बैशाख बिहीबार

तरकारी बजारिकरणमा सहकारी संघ

डबली खबर     भाद्र ६ २०७७ ०९:२९

sulav vegitable market district cooperative union bidur municipality
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – जिल्ला सहकारी सङ्घ लिमिटेड नुवाकोटले विदुरमा सुलभ तरकारी तथा फलफूल बजार सञ्चालन गरेर जिल्लामा उत्पादित तरकारीको बिक्री बजारिकरण गरिरहेको छ ।

जिल्लामा उत्पादित तरकारी तथा फलफूलको उचित मूल्यमा बिक्री–वितरण गर्ने उद्देश्यले सङ्घले लकडाउनको अवधिमा सञ्चालन गरेको सुलभ तरकारी बजारबाट कृषक र उपभोक्ता लाभान्वित भइरहेका छन् । कोरोना सङ्क्रमण, रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउनले जिल्लामा उत्पादित तरकारी तथा फलफूल बारीमै कुहिने अवस्था र उपभोक्ताले सहज मूल्यमा नपाउने समस्यालाई समाधान गर्न सहकारी सङ्घले गत जेठ १० गतेदेखि घुम्ती तरकारी तथा फलफूल बजार सञ्चालन गरेको थियो ।

सङ्घले शिवपुरी, ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाभित्र रहेका कृषि सहकारीसँग समन्वय गरेर तरकारी तथा फलफूल बट्टार, विदुर, त्रिशूली, कोलनी, नुवाकोटलगायत बजार क्षेत्रमा घुम्ती बजारसमेत लकडाउनको अवधिमा सञ्चालन गरेर उपभोक्ताको मन जित्न सफल भएको थियो ।

लकाडाउनको अवधिमा घुम्ती बजारबाट सङ्घले जिल्लामा उत्पादित एक हजार पाँच सय केजीभन्दा बढी तरकारी तथा फलफूल दैनिक बिक्री गर्न सफल भएको थियो । सामाजिक दूरी कायम गरेर सुरक्षा मापदण्डलाई पालना गर्दै सङ्घले सञ्चालन गरेको घुम्ती तरकारी पसलबाट घरदैलोमा ताजा तरकारी उपयोग गर्न पाएको कोलनीका पूर्णलाल श्रेष्ठले बताए ।

लकडाउनको समयमा बाहिर जान नपाएका हामी उपभोक्तालाई सहकारी सङ्घको घुम्ती तरकारी पसलले राहत मिलेको बट्टारका बद्री तिवारीले बताए ।

विषम परिस्थितिमा स्थानीयस्तरमा उत्पादित तरकारीको स्थानीयस्तरमा बिक्री–वितरण गर्ने उद्देश्यले गत जेठ १० गतेदेखि घुम्ती तरकारी तथा फलफूल बजार सञ्चालन गर्ने सङ्घको निर्णयअनुसार किसानको बारीमा उत्पादित तरकारीलाई उपभोक्ताको घरदैलोसम्म पु-याएको सङ्घका कोषाध्यक्ष अरुणकुमार श्रेष्ठ बताउँछन् ।

सङ्घले नुवाकोटको अलावा रसुवा जिल्लाको आलु, बन्दा, मूलालगायतको मौसमी तथा बेमौसमी तरकारीसमेत बिक्री गरिरहेको उनले बताए । सङ्घले साउनदेखि जिल्ला सहकारी सङ्घको परिसरमै अहिले सुलभ तरकारी बजार सञ्चालन गरिरहेको छ । सङ्घलाई तरकारी तथा फलफूल बजार सञ्चालन गर्न सहकारी बजार विकास कार्यक्रम र विदुर नगरपालिकाले सहयोग गरिरहेको छ । सुलभ तरकारी बजारले विशेषगरी स्थानीय उत्पादनलाई प्रोत्साहन तथा खरिद र बिक्री– वितरणलाई टेवा पु-याएको सहकारी सङ्घका अध्यक्ष राजेश श्रेष्ठले बताए ।

सञ्चालन भएको तरकारी बजारले बेलकोटगढी नगरपालिका, ककनी र शिवपुरी गाउँपालिकाका तरकारी कृषकले लाभ लिइरहेको उनले बताए । सहकारीले सञ्चालन गरेपछि व्यापारीको एकाधिकार बजार तोडिएको छ भने कृषकले उचित मूल्य पाएकोसमेत उनले दाबी गरे ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top