२०७७, २२ फाल्गुन शनिबार
first nuwakot likhu chhahare business Expo

विदुर नगरपालिकाका थप एक पुरुष सङ्क्रमित

डबली खबर     श्रावण ३० २०७७ १७:३७


Trishuli Web Design Services in Nuwakot
bidur municipality coronavirus patient

विदुर, नुवाकोट – शुक्रबार नुवाकोटमा थप एक जना कोरोनाभाइरस संक्रमित थपिएको छ । योसँगै सङ्क्रमित सङ्ख्या ६८ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको क्रममा विदुर नगरपालिकाका २७ वर्षिय पुरुषमा कोरोनाभाइरसको संक्रमण फेला परेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । सङ्क्रमित बिरामीलाई जिल्ला (त्रिशुली) अस्पतालको आइसोलेशनमा उपचारको लागि राखिएको छ । बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

हाल नुवाकोटका २५ जना नागरिकहरु जिल्ला अस्पताल, खरानीटार र काठमाडौंस्थित अस्पतालहरुको आईसोलेशनमा उपचारत रहेका छन् । जिल्ला अस्पतालमा १५ जना, खरानीटार अस्पतालको आइसोलेशनमा ५ जना रहेका छन् भने काठमाडौंको विभिन्न अस्पतालको आइसोलेशनमा ५ जनाले उपचारत रहेका छन् ।

अहिलेसम्म नुवाकोटका ४२ जना कोरोना संक्रमित नागरिकहरु निको भएर घर फर्किसकेका छन् । १ हजार ९ सय ९७ जनाको पिसिआर परीक्षण गरिएकोमा १ हजार ४ सय ६१ जनाको नतिजा निगेटिभ र ४ सय ६८ जनाको नतिजा आउन बाँकी रहेको छ।

१०४ जनाको पिसिआर परिक्षण

शुक्रबार स्वास्थ्य कार्यालय नुवाकोटले जिल्लाका १०४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गरेको छ। बेलकोटगढी नगरपालिकाका ३ जना, शिवपुरी गाउँपालिकाका ५४ जना, सुर्यगढ़ी गापाका ३० जना, ककनी गापाका १३ जना र पन्चकन्या गापाका ४ जनाको नमुना स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम ढकालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz

प्रतिक्रिया




Top