विदुर, नुवाकोट – मङ्गलबार बसेको विदुर नगरपालिकाको नगर कार्यपालिकाको बैठकबाट नगरका १३ वटै वडामा वडास्तरीय कोरोना रोकथामको लागि वडास्तरीय समुह गठन गरिने भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि समुदायमा स्वयंसेवक परिचालन सम्बन्धि मार्गदर्शन २०७६ अनुरुप वडास्तरीय समुह गठन गर्न प्रत्येक वडालाई ५० हजार रुपैंयाँ बजेट विनियोजन गरिएको विदुर नगरपालिकाका प्रमुख संजु पण्डितले जानकारी दिए।
वडाध्यक्षको संयोजनमा ६ सदस्यीय वडागत समुह गठन हुनेछ । वडाध्यक्षको संयोजनमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वयंसेवक/रेडक्रस/गैरससका प्रतिनिधि र प्रहरीको सदस्यतामा समुह गठन हुने छ।
आवश्यकता अनुसार एकै वडाका टोलस्तरीय समेत गठन गर्न सकिने जनाएको छ।
प्रतिक्रिया