२०८१, १४ बैशाख शुक्रबार

विदुर नगरपालिकाका थप तीन जना संक्रमति, नुवाकोटमा संक्रमति ५७ पुग्यो

डबली खबर     श्रावण २५ २०७७ १६:५९

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको क्रममा विदुर नगरपालिकाका १८, २२ र ४६ वर्षिय पुरुषहरुमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए। संक्रमति तिनै जना विदुर नगरपालिकाको क्वारेन्टिनमा रहेका थिए। सन्ध्या होटेलको क्वारेन्टाइनमा बसेका २ जना र त्रिशुलीमा रहेको क्वारेन्टाइनमा बसेका १ जना समेत गरि ३ जना पुरुषमा संक्रमण देखिएकाे हाे ।

याेसँगै विदुर नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ ।

हालसम्म नुवाकोटमा ३७ जनाले कोरोनालाई परास्त गर्दै निको भइ घर फर्केका छन् । यस्तै, जिल्ला (त्रिशुली) अस्पतालमा १३ जना, खरानीटारमा १ जना र काठमाडौंस्थित अस्पतालमा ६ जना आइसोलेशन वार्डमा उपचारत छन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top