sujim advert

नुवाकोटका सात स्थानीय तहमा १० दिनका लागि निषेधाज्ञा

डबली खबर     साउन २३, २०७७

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

nuwakot seven local level prohibit 2070
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

विदुर, नुवाकोट – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि  जिल्ला प्रशासन कार्यालयले शनिबार मध्यरात १२ बजेदेखि १० दिनको लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोनाभाइरसबाट नुवाकोटमा सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ भने १८ जना आइसोलेशनमा उपचारत रहेका छन् । आज मात्रै ८ जनामा कोरोनाभाइरसबाट संक्रमति देखिएको थियो ।

नुवाकोटमा दिनहुँ संक्रमितको संख्या बढ्दै गईरहेको र संक्रमितसँगको सम्पर्कमा आएको व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसीङको लागि निषेधाज्ञा जारी प्रमुख जिल्ला अधिकारी ढकालले बताए । उनका अनुसार विदुर नगरपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा साउन २४ गते मध्यरात १२ बजेदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ।

यस्तै, बेलकोटगढी नगरपालिकाका वडा नं ५, ७, ८, १०, ११, १२ र १३ का सम्पूर्ण क्षेत्र, पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ का सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाका पासाङल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी भएको छ।

“सुरुका दिनमा विदेशबाट आई क्वारेन्टीनमा बसेका व्यक्तिहरुमा मात्र संक्रमण देखिएकोमा हाल समुदायस्तरमा समेत संक्रमण फैलिने अवस्था देखिएको छ”, उनले बताए “बन्दाबन्दीको अन्त्य भएसँगै संक्रमणको दर वृद्धि भएको तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई समेत संक्रमण देखिन थालेको हुँदा कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि थप सतर्कता अपनाउनुपर्ने अवस्था सृजना भएको छ।”

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको साउन २२ गते बसेको बैठकको निर्णयलाई निरन्तरता दिदैं जिल्लाका सात स्थानीय तहहरुका क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम १० दिन सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्न सूचना जारी गरेको छ।

निषेधित क्षेत्र बाहेक जिल्लाको सम्पूर्ण भागमा धार्मिक, सांस्कृतिक, सामाजिक कार्य लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्‍चालन नगर्न र जिल्लाका सबै नाकाहरुबाट अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधन बाहेक सम्पूर्ण सवारी साधन तथा पैदल आवातजावत पूर्णरुपमा रोक लगाएको छ ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top