विदुर- नुवाकोटमा समुदायस्तरमा कोरोनाभाईरसको संक्रमण भेटिएको छ । बुधबार संक्रमितको कन्ट्रयाक ट्रेसिङ्गको क्रममा शुक्रबार सात जनाको भाइरसको संक्रमण फेला परेसँगै नुवाकोटका ५३ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
विदुर नगरपालिकाका ६ जना संक्रमितमध्ये जबरजंग गणको एक जना र त्रिशूली अस्पतालका एक जना अहेब समेत रहेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरे जानकारी दिए । अन्य ४ जना विदुर नपाको कोलनी क्षेत्रका यसअघि संक्रमितको सम्पर्कमा आएकाहरु रहेका छन् । एक जना पञ्चकन्या गाउँपालिकाका नागरिक रहेका छन् । सङ्क्रमित बिरामीहरुलाई जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।
बिहिबारसम्ममा नुवाकोटका सङ्क्रमित १० जना आईसोलेशनमा उपचारत रहेका थिए । जसमा ५ जना नुवाकोटको जिल्ला अस्पताल र ५ जनाको काठमाडौंका अस्मापतालमा उपचार भइरहेको छ ।
आज एकै पटक समुदायस्तरका सात जनामा संक्रमण फेला परेपछि नुवाकोट थप असुरक्षित र जोखिमपूर्ण देखिएको छ । नुवाकोटमा अत्यावश्यक बाहेकका सेवालाई कम गरिएतापनि संक्रमणको बढ्दोदर संख्या बढिरहेको छ।
प्रतिक्रिया