२०८०, ६ चैत्र मंगलवार

मानविय मूल्य र शिक्षा

    श्रावण २२ २०७७ १२:४३

human values and education article of uday ranamagar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । वर्तमान समयमा प्रविधिको विकास र विस्तारसँगै विश्वका अधिकांश देशहरुमा यो पक्ष कमजोर हुन थालेको छ । यसलाई सवै पक्षले चिन्ताको रुपमा लिएको अवस्था छ । हामीले बुझ्न पर्ने विषय भनेको मानव भएर जन्मिसकेपछि मानवता प्रदर्शन गर्नु सवैको दायित्व हो तर यो पक्षलाई मानवीय समुदायले नबुझिदिँदा मानविय मुल्यको ह्रास हुन थालेको छ । यो समस्या नेपाली समाजमा पनि स्पस्ट रुपमा देख्न सकिन्छ । नेपाली समाजको संरचना पछिल्लो दिनहरुमा खलबलिन थालेको छ । समाज गलत संस्कार र प्रवृत्तितर्फ अगाडि बढ्दै गरेको भान हुन्छ । समाजमा रहेको केही वर्गको क्षणिक स्वार्थ पुरा गर्न मानिसलाई नकारात्मकतर्फ डोर्‍याउने प्रयास हुँदै आएको छ । तर आज उक्साएर मान्छे खान पल्काएको बाघले भोलीका दिनमा बाघ पल्काउने वर्गलाई पनि बाँकि राख्दैन भन्ने कुरामा त्यो वर्गले सोचेको छैन । समाजमा धर्मको नाममा होस् वा संस्कृतिको नाममा गरिने राजनीतिले अन्तत्वगोत्वा समाज अनि सिंगो देशलाई नै असर गर्दछ । त्यसकारण सामाजलाई उचित शिक्षाको माध्यमद्वारा व्यवस्थापन गरी सकारात्क सोचको धनी बनाउन आवश्यक छ । नकारात्कताले नेपालीको मनोविज्ञानलाई तहसनहस बनाउँदै लगेकोले यसको सामाजिक लागत पनि बढ्दै आएको छ । तसर्थ पनि यसको प्रयोगमा संयमता र समझदारिता अप्नाउनु पर्छ अन्यथा यसको प्रयोगमा रोकावट गर्ने बाहेकको अरु उपाय नहुन सक्दछ । तसर्थपनि दुरुपयोगकर्ताले सामाजिक दायित्व निर्वाह गर्ने तर्फ समयमा नै ध्यान दिनु पर्छ अन्यथा समय वितेपछि हतारमा गरेका हरेक कार्यहरु सहानुभुति समान अर्थहिन रहन्छ भन्ने कुरा सोचेर कार्य गर्नुपर्छ । यसको सबल पक्षको प्रयोग गर्दै सामाजिक मनोविज्ञानलाई सकारात्मक परिवर्तन र विकासको सम्वाहकको रुपमा प्रयोग गर्ने गराउने कार्यमा लाग्न आवश्यक छ । यसको लागि सामाजमा सामाजिक सचेतनाको प्रवर्द्धन गर्न आवश्यक छ ।

सदाचार, नैतिकता र आदर्श जीवनका आधारभुत गुणलाई व्यवहारमा नै प्रयोग गर्न उत्प्ररित गराउनु पर्छ ।

समाजमा रहेका मानिसलाई नैतिकवान बनाई राज्यप्रति उसको उत्तरदायित्व अभिवृद्धि गर्नसक्ने तुल्याउनको लागि पनि समाजमा रहेका विभिन्न संघ सस्थाको भूमिका गहन हुन्छ । हाम्रो समाजले सकारात्मक सोच र व्यवहार भन्दा पनि नकारात्मक सोचको खेति गर्दै गरेको परिस्थितिमा यसलाइ चिर्न पनि नैतिक मुल्य र मान्यताको अझै महत्व हुन आउछ । नैतिक मुल्य र मान्यता तथा दायित्व सिकाउने सस्थाहरु भनेको मुलतः व्यक्ति स्वयम् र उसको परिवार, समाज, शैक्षिक सस्थाहरु तथा अन्य सान्दर्भिक सस्थाहरु हुन् । समाजमा यस्ता संस्थाहरुको भूमिका अझ गहन र जिम्मेवार हुनु गर्दछ । यी संस्थाहरुले मानिसलाई नैतिक मुल्य र मान्यता सिकाउन र राज्यप्रतिको दायित्व बढाउन शिक्षा एक अनिवार्य हुन आउछ । शिक्षा मुलतः औपचारिक तथा अनौपचारिक दुवै तरिकाबाट प्राप्त गर्न सकिन्छ । अनौपचारिक शिक्षा अन्तर्गत परिवारबाट प्राप्त गर्ने शिक्षाले मानवीय मूल्य निर्धारणमा महत्वपूर्ण हुन्छ । परिवार समाजिक संगठनको आधारभूत इकाइ हो । परिवारिक मूल्यमान्यता तथा संस्कारबाट नै व्यक्तिको मूल्य निर्धारण हुन्छ अझ यसले व्यक्तिलाई समाजसँग जोड्नमा ठूलो सहयोग गर्छ । मूल्य र मान्यतालाई समाजले स्वीकृति वा अस्वीकृति प्रदान गर्ने हुदा व्यक्तिले सामाजिककीकरणका अधारभूत सीपहरु समेत परिवारबाटै प्राप्त गर्दछ । अतः व्यक्तिले अपनाउने मूल्य र मान्यताको विकासमा परिवारको अहम् भूमिका रहन्छ । परिवार कुनैपनि व्यक्तिको नैतिक मुल्य र मान्यता सिक्ने पहिलो पाठशाला हो । परिवारको प्रत्येक सदस्यले गर्ने व्यवहार, हाउभाउ तथा उनीहरुको जीवनशैली तथा उनीहरुले सिकाउने संस्कारबाट नै व्यक्तिको आचरणको विकास हुन्छ । त्यसकारण पनि मानिसको नैतिक मूल्य र मान्यताको विकास गर्न परिवारिक सिकाईको महत्व भूमिका हुन्छ । त्यसको लागि पनि परिवार तथा समाजेले असल मूल्यको विकास र व्यवहारको प्रर्दशन गर्नुपर्छ । सदाचार, नैतिकता र आदर्श जीवनका आधारभुत गुणलाई व्यवहारमा नै प्रयोग गर्न उत्प्ररित गराउनु पर्छ । बालबालिकालाई परिवारमा असल व्यवहार र असल चरित्र निर्माण गर्ने खालको पारिवारिक वातावरणको निर्माण गर्नुपर्छ । समाजका आधारभूत मान्यता र चरित्रहरुबारे जानकारी गराउने, समाजमा रहेका कमजोर वर्गलाई सहयोग गर्ने जस्ता गतिविधि गर्ने तथा परिवारको मूल्य प्रणालीलाई नैतिक र आदर्श बनाई त्यसको अनुसरण गर्न लगाउने कार्य गरिनु पर्छ । समाजमा विद्यमान असमानताको व्यवहार गलत हो भन्ने भावनाको विकास गराउने कार्य पनि त्यतिकै महत्वपूर्ण भएकोले यसतर्फ हाम्रो प्रयास जरुरी पर्छ । व्यक्तिको मूल्य प्रणालीमा परिवर्तन गराउने र समाजका सवैलाई समान व्यवहारको प्रर्दशन गर्ने सस्कार सिकाउने कार्यमा परिवारलाई जिम्मेवार हुनुपर्छ ।

असल सिकाईका अभ्यास र प्रयोगमा जोड दिई समाजका विभेदजन्य गतिविधिलाई नियन्त्रण गर्ने कार्यलाई प्रश्रेय दिनुपर्छ ।

पारिवारिक सिकाईबाट नै समाजको संरचनाको निर्धारण हुने गर्दछ । समाजमा बस्ने मानिसहरुको आनीबानी, रहनसहन, आहारविहार, शिक्षाको अवस्था, विगतका चलनचल्ति जस्ता गतिविधिको समग्रता नै समाज हो । समाजमा बस्ने मानिसहरुको नैतिक मूल्यमान्यताबाट नै समाजिक संस्कारकाे विकास हुने गर्दछ । यसले व्यक्तिको मानसिक वृद्धि र विकासमा समेत प्रभाव पार्ने गर्दछ । अतः परिवारले यसको लागि उपयुक्त वातावरण निर्धारण गर्न सक्नुपर्दछ । समाजमा सद्गुणपुर्ण मानिसले नै समाजप्रति सकारात्मक धारणा निर्धारण गराउन सक्दछन् र समाजमा महत्वपूर्ण योगदान गर्न सघाउँदछ । यसका लागि असल सिकाईका अभ्यास र प्रयोगमा जोड दिई समाजका विभेदजन्य गतिविधिलाई नियन्त्रण गर्ने कार्यलाई प्रश्रेय दिनुपर्छ । व्यक्तिको मुल्यप्रणालीमा परिवर्तन ल्याउन सहयोग गर्ने, नैतिक आचारणयुक्त सामाजिक वातावरण निर्माण गर्ने कार्य समेत सगै अगाडि बढाउनु पर्छ । सामजिक व्यवहारलाई सामाजिक हित अनुकल कार्य गर्न उत्प्रेरित गर्ने गरिनुपर्छ । समय समयमा जनचेतनामुलक शिक्षा प्रदान गर्न कक्षा सञ्चालन गर्ने, समाजमा समाजिक हितका खातिर क्लब, संघसंस्थाहरुलाई परिचालन गरी समाजको कुरिती अन्य गर्न प्रयोग गर्नुपर्छ । हाम्रो शिक्षा नीतिमा असल चरित्रको प्रतिफल बारे सानो तहदेखि नै सचेत गराउने, सामाजिक अभियान्तको विकास गर्ने तथा सदाचार, आदर्श जीवनका आधारभूत मूल्य मान्यतावारे जानकारी दिलाउने जस्ता कार्य गरिनु उपयुक्त हुन्छ ।

समयमा नै रोजगारी गर्न चाहनेले नपाउने र बेरोजगारी भएर बस्नुभन्दा शैक्षित योग्यता बढाउने अर्थात व्याचलर लेवरको अध्ययन सकेका यूवाले रोजगारी नपाउँदा उनीहरु मास्टर लेवल अध्ययन गर्न थाल्दछ र मास्टर सकेका अधिकांश यूवाहरु योग्यता अनुसारको रोजगारी नपाउँदा झन् बेरोजगारीको चपेटामा पर्ने गरेको अवस्था छ ।

मानवीय मुल्य निर्माणमा शिक्षाको महत्व भूमिका रहेको छ । शिक्षाको नै माध्यमबाट देशको जनशक्तिको विकास हुने र विकसित जनशक्तिको माध्यमद्वारा देशको आर्थिक सामाजिक, सास्कृति विकास तथा भौतिक विकास समेत हुने हुन्छ । मानवीय मूल्य निर्धारणमा शिक्षा त्यसमा पनि औपचारिक शिक्षाको गहन भूमिका छ । विद्यालयमा शिकाइने शिक्षाबाट नै व्यक्तिको मूल्य, मान्यता तथा कार्यशैली निर्धारण हुन्छ । त्यस कारण पनि शिक्षालाई व्यवहारिक, सिपमुलक तथा उचित संस्कार सिकाउने खालको बनाइनुपर्छ । नेपालको शिक्षा एकातिर सीपमूलक भएन भने अर्कातिर शिक्षाकै कारण बेरोजगारी बढाएको भन्ने अवस्था छ । समयमा नै रोजगारी गर्न चाहनेले नपाउने र बेरोजगारी भएर बस्नुभन्दा शैक्षित योग्यता बढाउने अर्थात व्याचलर लेवरको अध्ययन सकेका यूवाले रोजगारी नपाउँदा उनीहरु मास्टर लेवल अध्ययन गर्न थाल्दछ र मास्टर सकेका अधिकांश यूवाहरु योग्यता अनुसारको रोजगारी नपाउँदा झन् बेरोजगारीको चपेटामा पर्ने गरेको अवस्था छ । जसको कारणले करिव ५० लाख यूवाहरु रोजगारीका लागि विदेशिएका छन् । अतः शिक्षालाई व्यवसायिक र मानव मूल्य, मान्यतालाई प्रवर्द्धन गर्न सकिने खालको शिक्षा दिन आवश्यक छ । यसको लागि संघ, प्रदेश तथा स्थानीय तह सवैको ध्यान जान आवश्यक छ जसले यान्त्रिकीकरण हुदै गरेको नेपाली समाजलाई थोरै भएपनि मानवमूल्ययुक्त बनाई राख्न सहयोग पुग्दछ ।

मानविय मुल्यको मुख्य स्रोत भनेको उ हुर्केको समाज, परिवार र उस्ले सिकेको सिकाइ नै हो । अतः यी स्रोतमा नै सुधार नगरि सुसंस्कृत व्यक्तिको कल्पना गर्न सकिदैन ।

मानविय मुल्यको मुख्य स्रोत भनेको उ हुर्केको समाज, परिवार र उस्ले सिकेको सिकाइ नै हो । अतः यी स्रोतमा नै सुधार नगरि सुसंस्कृत व्यक्तिको कल्पना गर्न सकिदैन । नेपाली समाजलाई वर्गिय दृष्टिकोणबाट हेर्ने हो भने गरिव, मध्यम वर्ग र धनीमानीवर्ग गरेर हेर्न सकिन्छ । मानव मूल्य निर्धारणमा यी बर्गहरु प्रशिक्षण सोही ढंगबाट गरिनु पर्छ । गरिवमा मानवीय मुल्य निर्धारणका लागि समाजका कुरिती भत्काउने हिम्मत नै हुन्न, मध्यमवर्गलाई त्यसको लागि फुर्सद नै छैन भने धनीवर्गको लागि आवश्यकता नै महशुस छैन । त्यसकारण पनि मानवीय मुल्यलाई सम्बद्धन गर्ने कार्य जटिल बनेको छ । आदर्श मानवको विकास र सम्बर्द्धन नगरी देशले विकासको पद निर्धारण गर्न कठिन हुने भएकोले प्रबुद्ध वर्गको ध्यान यस तर्फ जानु पर्छ । मानवीय मूल्यको विकासको लागि परिवारको पहिलो दायित्व रहन्छ भने त्यसपछी समाजको । समाजको मूल्यमान्यता र व्यवहारबाट नै मानविय मूल्य निर्धारणा हुर्ने भएकोले समाजलाई सुसंस्कृत बनाउनकै लागि पनि व्यक्तिको संस्कार, मूल्य, मान्यता सोही अनुसार हुनुपर्छ । त्यसको अतिरिक्त शैक्षिक क्षेत्र जसलाई शिक्षा आर्जन गर्ने मूख्य थलोको रुपमा हेरिन्छ यो क्षेत्रबाट आर्जित ज्ञानको माध्यमबाट नै व्यक्तिको मूल्य, मान्यता र सिकाईको निर्धारण हुने भएकोले शैक्षिक क्षेत्रको ठूलो भूमिका हुन्छ । त्यसकारण यी तिनै निकायहरुले आदर्श व्यक्तिको निर्माणमा थप भूमिका खेल्नु पर्छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top