२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटमै कोरोना परीक्षणको व्यवस्था गर्न काँग्रेसको माग

    असार २ २०७७ १९:२१

nepali congress nuwakot covid 19 corona
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । नेपाली काँग्रेसको देशव्यापी कार्यक्रम अन्तर्गत देशभरका सबै जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नुवाकोटमा पनि नेपाली काँग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारी नेतृत्वको टोलीले मंगलबार जिल्ला अधिकारी द्रोण पोखरेलमार्फत् ध्यानाकर्षणपत्र बुझाएको छ ।

ध्यानाकर्षणपत्रमा सरकारद्वारा ढिलासुस्ती भईरहेको पिसिआर परीक्षणको लागि स्वास्थ्य सेवा एवंम् पिसिआर परीक्षण बढाउनुपर्ने माग गरिएको छ । अव्यवस्थित क्वारेन्टिनको अवस्थामा सुधार, शारीरिक अशक्तता भएका, एकल महिला र गर्भवतीका लागि राहत प्याकेज लगायतका कार्यक्रम ल्याउनुपर्ने उल्लेख छ।

जिल्ला अस्पताल नुवाकाेटमै कोरोना परीक्षणको व्यवस्था, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकहरुका लागि पिपिई उपलब्ध गराईनुपर्ने लगायतका माग गरेका छन् ।

लकडाउनको समयमा मलखाद, वीउबिजन र कृषि औजार निर्वाधरुपमा उपलब्ध हुने ब्यवस्था मिलाउन भनिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top