sujim advert

नुवाकोटमा पनि सरकारविरुद्ध सडक प्रदर्शन (फोटोफिचर)

डबली खबर     जेष्ठ ३०, २०७७

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

coronavirus covid19 youth movement rally nuwakot
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – लगातारको लामो लकडाउन गर्दा पनि कोरोना रोकथाम र उपचार लगायत भ्रस्टाचारमा समेत सरकारले प्रभावकारी काम नगरेको भन्दै नुवाकोटका युवाहरु सडकमा उत्रिएका छन् ।

सदरमुकाम विदुर चोकदेखि र्‍याली सुरु गरेर लोकतान्त्रिक चौतरामा पुगेर कोणसभा गरेको हो ।

देशभर युवाहरुले सरकारको कमजोर नीति र तयारीप्रति आक्रोश पोख्दै नुवाकोटमा पनि सडकमा उत्रेको युवा अगुवा मछिन्द्र प्याकुरेलले बताए । कमजोर व्यवस्थापनमा पनि युवाहरुको उल्लेख उपस्थितले कार्यक्रम शसक्त भएको र क्रमबद्ध रुपमा आगामी कार्यक्रम गरिने बताए ।

गृह मन्त्रालयले बिहीबार नै लकडाउनको उल्लंघन नगर्न चेतवानी सूचना जारी गरेको थियो । उल्लङ्घन गरेमा संक्रामक रोग नियन्त्रण ऐनअनुसार प्रदर्शनकारीलाई सरकारले एक सयदेखि ६ सयसम्म जरिवाना र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्‍ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरा गृहले स्मरण गराएको थियो । 

कोरोना परीक्षणलाई नियन्त्रित गरेर संक्रमणलाई अनियन्त्रित बनाएको भन्दै प्रदर्शनकारी युवाहरुले प्लेकार्ड, फेस मास्क सहित सरकारको विरोध गरेका छन् । 

प्रदर्शनमा जिल्लाका शिक्षक, विद्यार्थी, व्यापारी लगायतको उपस्थिति रहेको अर्का युवा अगुवा शंकर पाण्डेले बताए ।

प्रदर्शन विरोध शान्तिपूर्ण गरेकाले प्रहरीले समेत हस्तक्षेप गरेनन् ।

फोटो फिचर


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top