+
Search

ताजा अपडेट +

पपुलर +

जबरजस्ती करणीमा एक युवा पक्राउ

डबली खबर
६ साल अगाडी

नुवाकोट – सोह्र वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शिवपुरी गाउँपालिका-५ का २७ वर्षीय जीवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारको आरोपमा पक्राउ परेका श्रेष्ठले सोही गाउँपालिका वडा नम्बर ८ अम्मोटेमा प्रदेश ३-०१०००३ क ५८९७ नम्बरको आइचर गाडीमा राखेर ती किशोरीलाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको जाहेरीमा अस्थाई प्रहरी पोष्ट छहरेबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक अवीनारायण काफ्लेले जानकारी दिएका छन् ।

थप अनुसन्धानको लागि प्रहरीले हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ