२०८१, १३ बैशाख बिहीबार

मृग मारेको आरोपमा दुई पक्राउ

डबली खबर     जेष्ठ २७ २०७७ २१:३१

dabali khabar samachar - leading news portal from nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – वन्यजन्तु मृग मारेको आरोपमा नुवाकोट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोमबार बिहान बेल्कोटगढी नगरपालिका ६ का ५९ वर्षीय मरिचमान लामा र उनका भतिज ४० वर्षीय घनसिहं लामा पक्राउ परेका हुन् ।  

जंगलबाट मृग मारेर ल्याई घरमा काटिरहेको विशेष सूचनाको आधारमा प्रहरी र वन डिभिजन वन कार्यालय नुवाकोटबाट गएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अवीनारायण काफलेले जानकारी दिए ।  

स्थानीयले उजुरी गरेको आधारमा खटेको टोलीले घरमा खानतलासी गर्दा मृगको टाउको नरहेको अवस्थामा उनीहरुलाई मासुसहित नियन्त्रणमा लिएर सव डिभिजन वन कार्यालयलाई बुझाइएको छ ।

जिल्ला प्रहरी प्रमुख काफ्लेका अनुसार दुवैमाथि वन्यजन्तु ऐन अनुसार कारबाहीको लागि जिल्ला अदालतको आदेश अनुसार थप अनुसन्धानको लागि १५ दिन हिरासतमा राखिएको छ । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top