sujim bazar advert

सहकारी संघको सुलभ घुम्ती बजार

डबली खबर     जेष्ठ १०, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

sulav vegitable market district cooperative union bidur municipality
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – विश्व महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहन गरिएको लकडाउनमा हुने अभावलाई ध्यानमा राख्दै नुवाकोटमा घुम्ती सुलभ फलफुल तथा तरकारी बजार सञ्चालनमा ल्याइएको छ ।

सुलभ मूल्यमा उपभोक्तासम्म फलफुल तथा तरकारी पुर्‍याउनका लागि जिल्ला सहकारी संघ नुवाकोटले विदुर नगरपालिकाको समन्वयमा तरकारी बजार आजबाट सुरु गरिएको हो ।

संघले सञ्चालनमा ल्याएको घुम्ती सुलभ फलफुल तथा तरकारी बजारको विदुर नगरपालिकाका नगरप्रमुख सञ्जु पण्डितले उद्घाटन गरेका छन् । नगरप्रमुख पण्डितले किसानको उत्पादित तरकारी उपभोक्तासम्म सुलभ र सुपथ मूल्यमा पुग्न घुम्ती पसलले पुलको भुमिका निर्वाह गर्ने र बिचौलियाबाट महँगो मुल्यमा किन्नु समस्या केहि हदसम्म भएपनि कमि हुने बताए । लकडाउनमा जिल्लाबाहिरबाट तरकारी आउन रोक लगाएको अवस्थामा यस तरकारी बजारले उपभोक्तामा केहि राहत मिल्ने बताए।

लकडाउनको अवधिमा उपभोक्ताको अत्यावश्यक खाद्यान्न वस्तुमा सहज पहुँच पुर्‍याउने अभिप्रायले तरकारी पसल संचालनमा ल्याएको सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले बताए । तरकारी बेच्दा भौतिक दुरी कायम गरि पञ्जा, मास्कको प्रयोग गरी तरकारी बेचबिखन गरिएको बताए। बजारको भाउभन्दा सस्तो दरमा तरकारी तथा फलफुल संकलन गरेर उपभोक्तासम्म पुर्‍याउने उद्देश्य अनुसार यस मोबाईल घुम्ती पसल सुरु गरेको अध्यक्ष श्रेष्ठले बताए ।

जिल्लास्थित १२ कृषि सहकारीद्वारा उत्पादित तरकारी सुलभ मूल्यमा बेचबिखन गर्न संघले काँक्रो, फर्सी, सिमी, बोडी, गोलभेंडा, लौका, घिरौला, हरियो खुर्सानी, बन्दा, धनियाँ, फर्सीको मुन्टा, भन्टा, करेला, हरियो प्याज, रामतोरी लगायतका तरकारीहरु घुम्ती पसलमा राखेका थिए।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top