+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकाेटमा निषेधाज्ञा उल्लंघन गर्ने २७ माेटरसाईकल र ५ ट्रक प्रहरीको नियन्त्रणमा

डबली खबर
६ साल अगाडी

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकाेटले लकडाउनको निषेधाज्ञा उल्लङ्घन गरी सवारी चलाएको भन्दै सात मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कारवाही अघि बढाएको छ । त्यस्तै निषेधाज्ञा उल्लङ्घन गर्ने सात जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न सरकारले गरेको लकडाउनको दोस्रो दिन सात मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । मंगलबार प्रहरीले २० मोटरसाइकल र पाँच ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

लकडाउनमा प्रहरीले प्रशासनको अनुमतिबिना सडकमा निस्किए सवारीसाधनसँगै पैदलयात्रीलाई कानुनी कारबाही गर्ने जनाएको छ ।

लकडाउनको पहिलो दिनको तुलनामा दोस्रो दिन नुवाकोट सुनसान रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ