२०८०, १६ चैत्र शुक्रबार

बालीमा बिषदीयूक्त नीतिको ज्ञानको अभाव: मदनकुमार थापा

    श्रावण १२ २०७५ ०९:५९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / कृषकलाई व्यवसायिक गोलभेँडा खेति तथा तरकारी व्यवसाय ७ दिने तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाई नुवाकोटक प्रमुख मदनकुमार थापाको प्रमुख आतिथ्यमा भएको थियो । कृषि उत्पादनले जिल्लालाई धान्न नसकिएको अवस्थामा थोरै जग्गामा धेरै उत्पादन गर्नुपर्ने प्रविधि र कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनुभयो । बालीमा बिषदीयूक्त नीतिको ज्ञानको अभावमा कृषि उपज उत्पादनमा कमि भएको थापाले बताउनुभयो ।

कार्यक्रममा तालिमबाट प्रशिक्षार्थीहरुले व्यवसायिक कृषिको ज्ञान र सिपबाट कृषि व्यवसायतर्फ उन्मुख हुनसक्ने विश्वास सचेतना सामुदायिक सिकाई केन्द्र विदुरका अध्यक्ष पशुपति कोईरालाले धारणा व्यक्त गर्नुभयो । त्यस्तै, व्यवसायिक खेति प्रविधिको सिपलाई सहि रुपमा सदुपयोग गरी कृषि उपजको उत्पादनमा वृद्धि गर्न र आत्मनिर्भर हुन प्रशिक्षार्थीहरुलाई सुझाव दिनुभयो।

कार्यक्रम सचेतन सामुदायिक सिकाइ केन्द्रको आयोजना र शिक्षा विकास तथा समन्वय एकाई नुवाकोटको सयोगार्थ भएको व्यवसायिक तालिममा विदुर नगरपालिका, खड्गभन्ज्याङ, बेलकोटगढी, कल्याणपुर लगायतका कृषकहरुको सहभागिता रहेको सचेतन सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष पशुपति कोइरालाले जानकारी दिनुभयो ।

तालिममा जिल्ला कृषि विकास कार्यलयका योजना अधिकृत कृष्ण उपाध्याय लगायतले सहजीकरण गर्नुभएको थियो ।

विगत १२ वर्ष देखि केन्द्रले शिक्षा, स्वास्थ्य, सरसफाई, तथा महिलाको सिपमुलक तालिम संचालन गर्दै आईरहेको सचेतन सामुदायिक सिकाई केन्द्रका संस्थापक अध्यक्ष यमकुमार खातीले जानकारी दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top