+
Search

ताजा अपडेट +

पपुलर +

पुर्व सासंद लोहनीले गरे पञ्चेबाजासहित रोपाइँ

डबली खबर
७ साल अगाडी

खानियाचौर, शिवपुरी / शिवपुरी गाउँपालिका वडा नं. ८ थानपतिको खनियाचौरमा अठार वर्षपछि पञ्चेबाजासहित रोपाइँ भएको छ ।

पूर्व सासंद राजेन्द्रप्रकाश लोहनीले आफ्नै खेतमा आयोजना गरिएको रोपाइँ कार्यक्रममामा प्रमुख अतिथि नुवाकोट निर्वाचन क्षेत्र नं. २ प्रदेश सांसद केशव पाण्डेले खेतमा बाउसे गरेर रोपाइँ सुरुवात गर्नु भएको थियो । गाउँमा खेतीयोग्य भुमि बाँझिएको अवस्थामा कृषिलाई आधुनिककरणमा जोड दिएर कृषकलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । त्यस्तै, रोजगारको सिर्जना गाउँमै गर्न सके समृद्धि तर्फ लाग्न सकिने बताउनुभयो ।

नेपाल कृषि प्रधान देश भएतापनि कृषक पलायन हुने अवस्था बढिरहेको हुनाले कृषिलाई प्राथमिकता दिई गाउँमा आवश्य कृषि उपज सामग्री उत्पादन गरी गाउँलाई सम्वृद्ध विकासमा पुर्याउन सकिने पूर्व सासंद राजेन्द्रप्रकाश लोहनीले बताउनुभयो । सरकारले प्रदान गरेको कृषि अनुदान कृषकको लागि फलदायी नभएको र देशको युवा शक्तिलाई कृषिमा लगाउनु पर्ने बताउनुभयो । त्यस्तै, कृषिमा लाग्ने सके गाउँमै रोजगारीको अवसर मिल्ने र कृषि उपज उत्पादनमा आत्मनिर्भर हुने बताउनुभयो ।

कार्यक्रममा स्थानीयतहका पदाधिकारी, राजनैतिक दलका कार्यकर्ता, पत्रकार, कलाकार लगायतको सहभागीता रहेको थियो ।

२५ रोपनी खेतमा दश दिन लगाएर रोपाइँ गरिएको राजेन्द्र लोहनीले जानकारी दिनुभयो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ