sujim bazar advert

नुवाकोटमा चार सय कृषकलाई क्यान वितरण

    साउन २, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

aluminium milk can
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट । जिल्ला पशु सेवा कार्यालयले भूकम्पबाट प्रभावित नुवाकोटका चार सय कृषकलाई दूध बोक्ने क्यान वितरण गरेको छ ।

भूकम्पपिडित भएर पनि दुग्ध व्यवसायको लागि पशुपालनलाई निरन्तरता दिँदै आएका कृषकलाई एक/एक थान क्यान उपलब्ध गराएको पशु सेवा कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले जानकारी दिनुभयो ।

दुग्ध व्यवसायीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण कोषअन्तर्गत पशु सेवा कार्यक्रममार्फत प्राप्त अनुदान रकमबाट क्यान वितरण गरिएको हो । सहकारी संस्थामार्फत माग भएर आएका तथा व्यक्तिगत रूपमा निवेदन दिएका ५३ कृषकलाई डेरीसम्म दूध लैजान पाँच लिटर क्षमताको क्यान वितरण गरिएको हो ।

पुन:र्निर्माण कोषमार्फत यस वर्ष यहाँका भूकम्पपीडित ५० कृषकलाई गोठ निर्माण, ५० कृषकलाई पशु सुधार गोठ निर्माण, १२ कृषकलाई कुखुराको खोर निर्माण, ३१ कृषकलाई उन्नत जातको ब्याडको बोका तथा पाँच हजारभन्दा बढी किम्बु घाँसको बिरुवा वितरण गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालयको तथ्यांकअनुसार यस वर्ष जिल्लामा २४ हजार ६९१ मेट्रिक टन दूध उत्पादन भएकामा ६ हजार ९५८ मेट्रिक टन दूध जिल्लाबाहिर बिक्री गरिएको थियो । -घटना र विचार

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top