२०८१, ७ बैशाख शुक्रबार

आलु चिप्स बनाउने उपकरण वितरण

    असार २४ २०७५ १०:१३

potato chips rasuwa
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

आमाछोदिङ्मो, रसुवा  । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङमा आलु चिप्स बनाउने उपकरण वितरण गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आलु ब्लक क्षेत्र गत्लाङमा रहेको ब्लक संयोजक समितिलाई कृषि विकास शाखाले ५ वटा यन्त्र वितरण गरेको हो । आलु चप बनाउने उपकरण-२, सोलाराइजेसन २ र आलु चिलिङ उपकरण एक वितरण गरिएको शाखाका नायव प्राविधिक सहायक पुजा बुलुनले जानकारी दिनुभयो।  उक्त उपकरणको कुल लागत रु. तीन लाख ५० हजारमा खरिद गरी प्रविधि हस्तान्तरण भएको र समय समयमा अनुगमन गरिने बुलुनले बताउनुभयो ।

परियोजना अन्तर्गत ५ सय हेक्टर क्षेत्रफलमा आलु लगाइएको छ । गत वर्ष २५ सय क्विन्टल आलु उत्पादन भएको शाखाले जनाएको छ ।

उत्पादन भएको आलु चिप्स काठमाण्डौसम्म पु-याइने बताइएको छ । आर्थिक वर्ष २०७५/७६ देखि आलुको ग्रेडिङ छुट्याउने शाखाले तयारी गरेको छ । आलुको ४५–५०, ५०–६०, ६०–६५, ७०–८५ र ८५–९० ग्रेडिङ रहने छ । ग्रेडिङ अनुसार आलुको स्तरीकरण छुट्याइने छ ।

गत्लाङमा करिब ६ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिँदै आएको छ ।

जिल्लामा वार्षिक करिब ३८ हजार भन्दा बढी मेट्रिक टन आलु उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय रसुवाको तथ्याङ्क छ ।

हिउँदे आलु १४ हजार सातसय तीन र वर्षे आलु २२ हजार पाँच सय ४३ मेट्रिक टन गरि ३७ हजार दुई सय ४६ मेट्रिक टन आलु उत्पादन हुने गरेको हो । हिउँदे आलु बिक्रिबाट एक करोड ५० लाख र वर्षे आलु बिक्रिबाट दुई करोड आम्दानी हुन्छ ।

वर्षे आलुको उत्पादनमध्ये १५ हजार सात सय ८० मेट्रिक टन आलु बजारमा बिक्री गरिन्छ भने ६ हजार सात ६३ मेट्रिक टन आलु घरायसी प्रयोजनमा खर्च गरिन्छ ।

राम्रै परिमाणमा उत्पादन, संकलन र वजारीकरण हुने भएकाले अधिकांस कृषकहरुले स्थानीय व्यापारी, संकलनकर्ता र ठेकेदारहरु मार्फत त्रिशुली तथा काठमाण्डौँ लैजाने गरेका कार्यालयका वागवानी विकास अधिकृत सन्तोष पाठकले बताए । वर्षे आलुको वजारीकरणमा वर्षाको पानीले असर गर्ने गरेको अधिकृत पाठकले बताउनुभयो । जिल्लामा उत्पादित वर्षे आलु काठमाण्डौका प्रारङ्गारिक कृषि वस्तु बिक्रि वितरण गर्ने स्थानसम्म पु¥याएर अर्गानिक आलुको नाममा समेत बिक्रि हुँदै आएको छ । -रेडियोरसुवा

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top