२०८०, १६ चैत्र शुक्रबार

“राष्ट्रिय धान दिवस” खेती नहुने स्थानमा बसोबास गर्नुपर्ने धारणा: सन्तमान तामाङ (फोटोफिचर सहित)

    असार १६ २०७५ ११:३०

Asar 15 Dhaan Diwas Nuwakot Tupche
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

तुप्चे, नुवाकोट । १५ औँ राष्ट्रिय धान दिवसको अवसर पारेर नुवाकोटको विदुर नगरपालिका-७, तुप्चेमा साविम कृषि सहकारी संस्था लिमिटेड र विदुर नगरपालिका कार्यालयको संयुक्त आयोजनामा बृहत रोपाई महोत्सव मानिएको छ ।

रोपाई महोत्सवमा जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ, विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डित, उपप्रमुख गीता दाहाल, किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाल लागाएतका जनप्रतिनिधीले धान रोपेर धान दिवस मनाएका छन् ।

जिल्ला समन्वय समितीका प्रमुख तामाङले खेती नहुने स्थानमा बसोबासको धारणा पहिल्याउनु पर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।तामाङले कृषि उपजको उत्पादनलाई स्वस्थकर बेचबिखन र अर्गानिक खेतीको विकास गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । साथै तामाङले असारे भाकाका एक टुक्का गाउनुभएको थियो ।

विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले नेपालका ६४ प्रतिशत नेपालीहरुले कृषि पेशामा निर्भर रहेता पनि कृषि उपज बिउबिजन, कृषि उत्पादनहरु विदेशबाट आयात गर्नुपर्ने बाध्यता दुखद्को बिषय रहेको बताउनुभयो । त्यस्तै, प्रमुख पण्डितले विदुर नगरपालिकाको आव २०७५/०७६ मा कृषिलाई प्राथमिकता दिएको बताउनुभयो ।

धान उत्पादन वृद्धि गरी किसानहरुलाई कृषि पेशातर्फ उन्मुख, उत्साहित गराउने, वैदेशिक रोजगारीमा गएका युवाशक्तिलाई कृषिमा पनि समुन्नत भविष्य छ भन्ने, मौलिक कला, संस्कृतीको जगेर्ना गर्ने उदेश्यले धान दिवसको अवसरमा रोपाई महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा मौलिक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि पञ्चेबाजा, घाँसे गीतका भाका लगायतका कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा घाँसे गीत प्रतियोगीता, लोकभाका प्रतियोगीता, हिले दौड, हिले फुटबल प्रतियोगीतामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरेको थियो ।

नेपालमा सरदर धानको उत्पादन ५० देखि ५२ लाख मेट्रिक टन हुने गरेको छ । प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको माग हुने भएकाले अझै ८ देखि १० लाख मेट्रिक टन धानको उत्पादन हुनुपर्छ ।

Image may contain: 1 person, outdoor

Image may contain: 1 person, standing and outdoor

Image may contain: 1 person, outdoor and text

Image may contain: one or more people, outdoor and text

Image may contain: 3 people, outdoor

Image may contain: one or more people and text

Image may contain: 1 person

Image may contain: 13 people, people smiling, people standing and outdoor

Image may contain: outdoor and nature

Image may contain: 1 person, outdoor and nature

Image may contain: 1 person, mountain, outdoor and nature

Image may contain: 1 person, smiling, mountain, outdoor and nature

Image may contain: 4 people, people smiling, people standing, outdoor and text

Image may contain: one or more people, people standing, outdoor and text

Image may contain: 2 people, outdoor

Image may contain: 2 people, people standing, outdoor and nature

Image may contain: 1 person, smiling, outdoor

Image may contain: 3 people, people smiling, outdoor

Image may contain: 6 people

Image may contain: 4 people, people smiling, outdoor, nature and text

Image may contain: one or more people and outdoor

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top