२०८०, २० मंसिर बुधबार
social securities awareness bidur municipality

चार महिला पत्रकार सर्वोेच्च शिखरमा

    जेष्ठ ९ २०७५ १०:०१

pratik book and stationery center in nuwakot

काठमाडौँ/ राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार रोशा बस्नेतसहितको प्रथम महिला पत्रकार सगरमाथा आरोहण—२०१८ समूहले सगरमाथाको सफल आरोहण गरेको छ ।

सो समूहका चारजना आज बिहान ६ बजे चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । समूहका पाँचमध्ये चार जनाले मात्र सगरमाथाको सफल आरोहण गरेका हुन् । पाँचमध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका हुन् । मोरङ निवासी राससकर्मी बस्नेत रासस केन्द्रिय कार्यालयमा अंग्रेजी समाचार सम्पादन शाखामा कार्यरत हुनुहुन्छ ।

आज ८,८४८ मी अग्लो सगरमाथाको शिखरमा पुग्नेमा टिम लिडर रोजिता बुद्धाचार्य (बिपी कोइराला मेमोरियल प्लानेटोरीयम अब्जरभेटरी र विज्ञान संग्रहालय), राससकर्मी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ हुनुहुन्छ । ‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूलनारासहित सो महिला पत्रकार समूह आरोहणमा गएको थियो ।

उनीहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा पु¥याएका छन् । यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको यो याम सकिन लागेको छ । अब एक दुईजना आरोही मात्र चुचुरोमा पुग्न बाँकी रहेको सम्पर्क अधिकृत श्रेष्ठले बताउनुभयो । आजसम्म ३४० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top