२०७७, २५ फाल्गुन मंगलवार

बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझिदै

डबली खबर     जेष्ठ ७ २०७५ १४:१४


Trishuli Web Design Services in Nuwakot
Achham district location in Nepal map

अछाम/बसाइँसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन् ।

भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो । जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा अहिले तीन हजार हेक्टर जमिन बाँझो भएको सरकारी तथ्यांक छ ।

सिँचाइ अभाव र जंगली जनावरका कारणले पनि बालीनाली लगाउन नसक्दा जमिन बाँझो रहेको छ । पछिल्लो समय बसाइँसराइ नै प्रमुख कारण रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख विष्णुहरि देवकोटाले बताउनुभयो ।

“जमिन बाँझै रहेपछि जिल्लामा खाद्यान्न उत्पादनमा कमी आउन थालेको छ,” उहाँले भन्नुभयो– “जिल्लामा करिब ५५ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ, दश हजार मेट्रिक टन खाद्यान्न अझै अपुग छ ।”

बसाइ सरेर जानेले जमिन अर्कालाई जिम्मा लगाए पनि खेत बाँझै रहने गरेको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा प्रायः शहरी क्षेत्रमा बसाइँसराइ गर्ने गरेको साँफेबगर नगरपालिका–३ का वडाध्यक्ष कृष्ण बुढाले बताउनुभयो ।

“कोही लेकबाट बेँसीमा झरेका छन्, कोही बेँसीबाट पनि बजार क्षेत्रमा आएका छन्,” उहाँले भन्नुभयो, “कतिपय जिल्ला नै छाडेर कैलाली र कञ्चनपुर पुगेका छन्, अधिकांशले रित्तो घर र जमिन बाँझो बनाएर अन्यत्र बसोबास गर्दै आएका छन् ।”

विदेश गएर पैसा कमाउनेले शहर बजारमा घरघडेरी जोड्ने गरेका छन् । कपितयले बालबच्चाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनका लागि पनि बसाइसराइ गर्दैआएका छन् । यसलाई कम गर्न गाउँघरमै गुणस्तरीय शिक्षा दिनु पर्ने चौरपाटी गाउँपालिकाका उपप्रमुख माया कुँवर बताउनुुहुन्छ ।

सिँचाइको अभाव, उत्पादनमा कमी, परम्परागत कृषि प्रणाली, युवालाई कृषि क्षेत्रमा आकर्षण गर्न नसक्नु र बसाइसराइजस्ता कारणले जिल्लामा खेतीयोग्य जमिन बाँझै रहेको हो । बसाइसराइका कारण गाउँ नै खाली हुन थालेका छन् । साँफेबगर नगरपालिका कृषि सेवा केन्द्रका नायब प्राविधिक सहायक सुरेन्द्र कँुवरका अनुसार किसान लगानी उठ्ने होकी हैन भन्ने डरले कृषि क्षेत्रमा लगानी गर्न डराउने गरेका छन् ।

“अबको केही वर्षपछि नेपाल कृषि प्रधान देश हो भन्ने कुरा हराएर जानेछ,” उहाँले भन्नुभयो । स्थानीय सरकारले कृषि क्षेत्रमा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । बसाइँ सर्नेमा सम्पन्न वर्गका नागरिक बढी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz

प्रतिक्रिया




Top