२०८१, १४ बैशाख शुक्रबार

यसरी मनाईदैछ, महिनावारी स्वच्छता दिवस

    जेष्ठ ६ २०७५ ११:३२

girl period menstruation
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौ/ ‘अति भयो, महिनावारीका सवै सीमा तोडौं’ भन्ने मूल नाराका साथ महिनावारी स्वच्छता दिवस यही मे २१ देखि ३१ सम्म भव्यताका साथ मनाईने भएको छ । महिनावारी स्वच्छता दिवस मनाउन गठित समितिको दोस्रो बैठकले महिनावारी स्वच्छता दिवस प्रदेश र स्थानीय तहमा समेत विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष अनिल भद्र खनालको अध्यक्षतामा बसेको बैठकले आरवाससीसी था डिवाससीसीलाई प्रदेश तथा जिल्ला स्तरमा परिपत्र गर्ने समेत निर्णय गरेको छ ।

खानेपानी मन्त्रालय, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायहरु, प्रदेश तथा नगरपालिका र गाउँपालिका स्तरमा परिपत्र गर्ने यसअघिकै बैठकमा निर्णय भइसकेको छ ।

महिनावारी स्वच्छता दिवसको मुख्य कार्यक्रम भने सिटी हल काठमाडौमा हुने भएको छ । कार्यक्रममा महिनावारी स्वच्छता सम्बन्धी छलफल, मन्तव्य, अनुसन्धानको निष्कर्ष तथा अडियो भिडियो प्रदर्शनी समेत हुने समितिका सदस्य सचिव गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।

दिवसमा राष्टपति, मन्त्रीहरु, सेलिब्रेटीहरु धुर्मुस, सुन्तली, रेखा थापा, राजेश हमाल, महजोडी तथा मीस नेपाल आदिलाई समत सहभागी गराउने भएको छ ।

मे २८ तारीखलाई हरेक बर्ष महिनावारी स्वच्छता दिवसको रुपमा संसारभर मनाईदै आएको छ । (सम्पन्नसंचार)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top