+
Search

ताजा अपडेट +

पपुलर +

पशुबीमा तालिम सम्पन्न

Animal Insurance Training in Nuwakot
डबली खबर
७ साल अगाडी

गेर्खु, नुवाकोट/अजम्बरी साना किसान कृषि सहकारी संस्था लिमिटेडले विदुर नगरपालिका वडा नं. ११ को बितलमा स्थानिय कृषक महिलाहरुलाई पशुबीमा सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ ।

तालिम विदुर नगरकार्यपालिकाका पशु अधिकृत भरत पाण्डेले दिएका थिए । पाण्डेले तालिममा कृषकहरुलाई पशुबीमाको प्रकार र बीमाको फाइदाबारे कृषकहरुलाई जानकारी गराएका थिए ।

पशुपंक्षीको मृत्युबाट हुने क्षति घटाउन र पशुबीमा गरेर क्षति न्युनीकरण गराउन कार्यक्रम आयोजना गरिएको संस्थाका प्रतिनिधि निराजन प्याकुरेलले बताए ।

तालिममा ४० जना कृषक महिलाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ