sujim bazar advert

डिप्रेसन बिरामीका लागि विशेष टिप्स

    बैशाख ३१, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

depression health tips
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

हरेक व्यक्ति जीवनमा एकपटक डिपे्रसनको सिकार हुने गर्छन् । डिप्रेसन यस्तो मनोदशाा हो जसमा व्यक्तिलाई हरेक कुरा निरर्थक लाग्न थाल्छ । व्यक्ति कुनै पनि काम गर्न मन नलाग्ने अवस्थामा पुग्छ । त्यसपछि व्यक्ति दुःखी गाना सुन्नेदेखि एक्लै बस्ने अवस्थासम्म पुग्ने गर्छ । सामान्य अवस्थामा एक्लै बस्नु केही हदसम्म ठिकै पनि हो । एक्लै बस्दा मानिसको सिर्जनशीलता बढ्ने गर्छ । डिप्रेसन भएको अवस्थामा एक्लै बस्दा भने मानिसको मनोविज्ञानमै असर पर्न सक्छ । त्यसले व्यक्तिमा थप पीडा सिर्जना गर्छ ।  अझ त्यही समयमा भावुक तथा दुःखी गीत सुन्नाले व्यक्तिमा थप सिर्जना हुनसक्छ । त्यसले व्यक्तिको शरीरमा समेत प्रत्यक्ष असर पार्ने गर्छ ।डिप्रेसनबाट ग्रस्त व्यक्तिहरूले आफूलाई डिप्रेसन भएको महसुस भएमा यी कुराहरूबाट टाढा रहन जरुरी  छ:

फास्डफुडको परेज

डिप्रेसनका विरामी पिज्जा, बर्गर लगायतका फास्टफुडबाट टाढा रहनु पर्छ । यस्ता खानेकुरामा अजिनोमोटोको प्रयोग बढी मात्रामा हुने गर्छ । यसले हड्डीलाई कमजोर बनाउनुका साथै मस्तिष्कलाई समेत सुस्त बनाउँदै लान्छ । यसमा हुने अखाद्य वस्तुले शरीरमा हर्मोनको गडबडी हुने गर्छ, जसका कारण व्यक्तिमा गम्भीर डिप्रेसन निम्त्याउनसक्छ । त्यसैले पनि चिकित्सकहरू डिप्रेसनका बिरामीहरूलाई फास्टफुड सेवन नगर्न सुझाव दिने गर्छन् ।

चिल्लो तथा तारेको खानेकुरा नखाने

विभिन्न अनुसन्धानहरूले जनाए अनुसार भुटेको, तारेको तथा चिल्लो खानेकुराले उच्च रक्तचाप तथा मुटु सम्बन्धी समस्या निम्त्याउने गर्छ । त्यस्ता अनुसन्धानहरूले कतिसम्म पनि भनेको छ भने एक पटकमा १५ वटा चिप्सको सेवन गर्नाले मात्र पनि विस्तारै विस्तारै मोटोपना बढ्ने गर्छ । तारेको, भुटेको तथा चिल्लो खानेकुरामा रहने ट्रान्सफ्याटले व्यक्तिको आवेग समेत बढाउने गर्छ । अनुसन्धानकर्ताहरू डिप्रेसनका बिरामीहरूलाई यस्ता खानेकुरा सेवन नगर्न सुझाव दिने गर्छन् ।

एक्लै नबस्ने

डिपे्रसनबाट पीडित व्यक्ति एकान्तमा बस्न रुचाउने गर्छन् । डिप्रेसनमा एक्लै बस्नु घातक हुनसक्छ । त्यसैले हरेक व्यक्तिले आˆनो मनमा लागेको कुरा अरूसमक्ष राख्ने बानी बसाल्नु पर्छ । सकेसम्म साथीभाइ तथा परिवारका सदस्यसँगै बस्नु पर्छ । घुममिल हुने तथा आफूलाई मनमा लागेको कुरा अरूलाई भन्ने गर्नुपर्छ । एक्लै बस्दा डिप्रेसन बढ्ने खतरा हुन्छ र यसले मनोदशालाई अझ धेरै प्रभावित पार्दछ ।

दुःखी हुने गीत नसुन्ने

कतिपय व्यक्तिहरू डिप्रेसनमा रहँदा वा तनाव हुँदा दुखी गीत सुन्ने गर्छन् । दुःखी गीतले मनलाई अझै धेरै दुःखी बनाउन सक्छ । तनाव भएमा वा डिप्रेसन भएमा कहिल्यै पनि यस्ता गीत सुन्नु हुँदैन । यसले व्यक्तिलाई अझ धेरै भावुक बनाएर गम्भीर डिप्रेसनमा पुर्‍याउनसक्छ ।

डिप्रेसनबाट बच्ने उपाय

डिप्रेसन एक प्रकारको मानसिक विकास हो, जसमा कुनै एक तत्वलाई मात्र जिम्मेवार ठहर्‍याउन सकिँदैन । कमजोर मुटु तथा आत्मविश्वासको कमी भए पनि व्यक्ति डिप्रसनको शिकार हुने गर्छ । मस्तिष्कमा सेराटोनिन नामक तत्वको कमी भएमा पनि व्यक्तिमा डिप्रेसन हुने गर्छ । त्यसबाहेक, मानसिक आघात, नराम्रो अनुभव वा घटना, चाइल्डहुड ट्रमाका आदिका कारण पनि व्यक्तिलाई डिप्रेसन हुने गर्छ ।

डिप्रेसनबाट बच्नका लागि पनि सकारात्मक सोच आवश्यक छ । स्वस्थ जीवनशैली अपनाएर पनि व्यक्ति तनावरहित जीवन बाँच्नसक्छ । त्यसको लागि पर्याप्त निद्रा, पौष्टिक खानेकुराको सेवन तथा व्यायाम जरुरी छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top