sujim bazar advert

बाख्रापालनबाट डेढ लाख कमाइ

    बैशाख ३१, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट/रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

मैलुङमा खेतीका लागि उर्वर भूमि नहुँदा आर्थिक अवस्था कमजोर भएका ५६ वर्षीय तामाङले २० वर्षअघि एउटा बाख्राबाट बाख्रापालन शुरु गर्नुभएको हो । अहिले उहाँको खोरमा ७० भन्दा बढी बाख्रा छन् । दुई दशकको अवधिमा उहाँले २०० भन्दा बढी बाख्रा बिक्री गरिसक्नुभएको छ ।

“आम्दानी राम्रै भएको छ, घर चलाउन अरु केही गर्नु परेको छैन,” तामाङले भन्नुभयो, “लगानी पनि धेरै गर्नु परेको छैन, चरनको भरमा चलिरहेको छ ।”

स्थानीय रैथाने जातको बाख्राबाट एकवर्षमा २० भन्दा बढी खसीबोका बेच्ने गरेको उहाँ बताउनुहुन्छ । “एउटै खसीबोकाको रु आठ हजारदेखि रु १५ हजारसम्म लिएको छु,” उहाँले भन्नुभयो, “बाख्राकै आम्दानीबाट बचतसमेत गरेको छु ।”

मुख्य पेशा बाख्रापालन बनाउनुभएका तामाङले सामाजिक संस्था तथा सरकारीस्तरबाट केही सहयोग नपाएको गुनासो गर्नुभयो । चरनको भरमा हुर्केका र औषधिसमेत नखुवाई पालिएका भएर उहाँले पालन गरेका खसीबोका खरिद गर्न ग्राहक घरसम्म नै पुग्ने गरेका छन् ।

“अधिकांश नुवाकोट र रसुवाबाट ग्राहक आउने गरेका छन्, माग पुरा गर्न सकिरहेको छैन,” उहाँले भन्नुभयो । मैलुङका अधिकांश किसानले बाख्रापालन तथा पशुपालनमार्फत जीविका चलाउँदै आएका छन् । (रासस)

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top