२०८१, १४ बैशाख शुक्रबार

‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याइने

    बैशाख ३० २०७५ १२:००

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ/युवा संघ नेपालले वेरोजगार युवालाई रोजगारसम्बन्धी सूचना उपलब्ध गराउने उद्देश्यले ‘स्वरोजगार सूचना केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ ।

उक्त संगठनले यही जेठ १ गते २८ औँ स्थापना दिवसको अवसरमा सो केन्द्रलाई प्रयोगमा ल्याउन लागेको छ ।

विभिन्न रोजगारमूलक संघ संस्थासँग समन्वय र सहकार्य गरी रोजगारीकाबारे जानकारी गराउने तथा उद्यमशीलतामा आकर्षित गर्ने योजना छ । प्रत्येक वर्ष करिब पाँचलाख जनशक्ति श्रम बजारमा आउने भएपनि उनीहरुलाई व्यवस्थित गर्न नसकिएको अवस्थामा केन्द्रले धेरै सूचना प्रवाह गर्ने उपाध्यक्ष प्रभातविक्रम कट्ुवालले जानकारी दिनुभयो ।

यसवर्ष संघले ‘समृद्धि र सुशासनका लागि युवा अभियान’ भन्ने नारा तय गरेको छ । उत्पादनशील क्षेत्रमा लगानी गर्न, स्वदेशी उत्पादन वृद्धि गरी स्वदेशमा खपत बढाउन, परनिर्भरता न्यूनीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमको तयारीका लागि गृहकार्य भइरहेको उपाध्यक्ष कट्ुवालले जानकारी दिनुभयो । स्थापना दिवशका दिन राष्ट्रिय सभागृहमा गरिने औपचारिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रको उद्घाटन गर्नहुने जनाइएको छ ।

उक्त सभामा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल लगायतले मुलुकको विकासका लागि अब युवा आन्दोलनले गर्नुपर्ने कार्यबारे निर्देशन दिनुहने बताइएको छ ।

सो अवसरमा देशभरका सबै जाति तथा समुदायलाई समावेशी ढंगबाट प्रतिनिधित्व गराउने गरी उनीहरुका वेशभूषा तथा संस्कृतिलाई पनि प्रदर्शन गरिनेछ । (रासस)

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top