sujim advert

अपांगता भएका २३ जनालाई ह्विल चियर

    ७ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Wheelchair
bidur tax consultancy services in nuwakot

दमक/झापाको दमकमा बुधबार एक कार्यक्रमका बीच शारीरिक अपांगता भएका २३ जनालाई ह्विल चियर र ट्राइसाइकल वितरण गरिएको छ ।

दमक अपांग सहयोग समितिको संयोजनमा राष्ट्रिय अपांग पुनःस्थापना समाजले ती ह्विलचियर निःशुल्क उपलब्ध गराएको हो ।

दमक अपांग सहयोग समितिकी उपाध्यक्ष मनमाया तिम्सिनाको अध्यक्षता तथा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य सुगम भट्टराईले विभिन्न दातृसंस्थाको सहयोगमा ह्विलचियर तथा ट्राइसाइकल उपलब्ध गराइएको जानकारी दिनुभयो ।

कार्यक्रममा दमक रेडक्रस सभापति प्रकाश बुढाथोकी, दमक जेसीजका अध्यक्ष चन्द्र खत्री, मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईलगायतले अपांगताको बारेमा बोल्नुभएको थियो । (रासस)

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top