२०८०, १६ चैत्र शुक्रबार

गुगलबाटै व्यवसायिक तरकारी खेती

    बैशाख २५ २०७५ २३:१४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

पाँचथर – पाँचथरको फिदिमबाट प्रशारण हुने एक स्थानीय एफएममा काम गरेका सिकुम थाम्सुहाङलाई एफएमको कमाइ पुग्दो भएन । एफएफमा तीनवर्षसम्म प्राविधिक प्रमुखको जिम्मेवारी सम्हालेका उनी जागिर छाडेर तरकारी खेतीतर्फ लागे ।

फिदिम–३ को दुमाहावेंशीमा १७ रोपनी जग्गा लिजमा लिइ उनले थालेको तरकारी खेती अहिले जमेको छ । गतवर्षको फागुनमा शुरु गरेको तरकारी खेतीले प्रतिफल दिन थालेको छ ।

सबैभन्दा रमाइलो पक्ष उनको खेतीको सिकाइ गुगलमा बढी आधारित छ । थाम्सुहाङ भन्छन्, “तरकारीमा रोग किरा लागे कसरी उपचार गर्ने ? स्वस्थ फलफूल र विरुवा उत्पादन गर्न कुन विधि अवलम्बन गर्ने ? नर्सरी र टनेलको व्यवस्थापन कसरी गर्ने, गोडमेल गर्दा कुन विधि अपनाउने जस्ता आधारभुत विषय गुगलमै सर्च गरेर अध्ययन गरी एप्लाइ गरिरहेको छु ।”

रोगकिराको संक्रमण र खेती प्रविधिबारे परामर्श लिन कृषि प्राविधिकको भर पर्नुभन्दा आवश्यकता अनुसार गुगल सर्च गरेर अध्ययन गर्दा छिटो र सजिलो हुने उनको अनुभव छ । तरकारी खेती शुरु गर्नु पुर्व कुनै किसिमको प्राविधिक तालिम नलिएका उनी प्र्रविधिमा भने अव्बल छन् ।

सदरमुकामदेखि करिव डेढ घण्टाको पैदल दुरीमा अवस्थित फार्ममा पहिलो चरणमा उत्पादित तरकारीबाट लगभग रु.१ लाख आम्दानी भएको उनको भनाइ छ । यही गतिमा उत्पादन हुने हो भने सबै खर्च कटाएर वार्षिक रु.५ देखि ७ लाखसम्म वचत हुने उनको अनुमान छ ।

‘ग्रीन भेजिटेवल फार्म’ नाम दिएर शुरु गरिएको फार्मको उत्पादन पाँचथरकै फिदिम, याङनाम र नाँगीनका बजारमा आपूर्ति हुने गरेको छ । उनको फार्ममा बेमौसमी टमाटर, काउली, काक्रो, लौका, फर्सी लगायतका तरकारी उत्पादन हुने गरेको छ ।

रेडियोको जागिरले मात्र आफ्नो आवश्यकता धान्न नसक्ने भएपछि तरकारी खेतीमा लागेको उनले बताए । उनको फार्ममा ६ जना युवाले रोजगारी पाएका छन् । -कृषिडेली

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top