sujim bazar advert

धानको दुई जात विकसित

    बैशाख २५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौँ/तराई-भित्री मधेश लगायतका क्षेत्रमा सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्ले हालै बहुगुणी धान १ र बहुगुणी धान २ नामक दुई जातका धानको लामो अनुसन्धानपछि उन्मोचन गरेको हो । चैते र वर्षे दुवै समयमा लगाउन सकिने हर्दिनाथ– ३ र चैते समयका लागि मात्र चैते–५ जातको उन्मोचन गरेको हो ।

नेपालको प्रमुख बालीअन्तर्गत धानको उत्पादनमा वृद्धि गर्न परिषद्ले सो बालीको नयाँ जातको बीउ उन्मोचन गरेको हो । समग्र कृषि क्षेत्र (अन्न्नबाली, तरकारीबाली र पशुपक्षी) को अनुसन्धानमा सक्रिय परिषद्को २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महतोले धानबालीलाई विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन वर्णशंकर (हाइब्रिड) धानका हर्दिनाथ– १ र हर्दिनाथ– १० नामक दुई जात उन्मोचनका क्रममा रहेको जानकारी दिनुभयो ।

मकै बालीअन्तर्गत रामपुर– ८ र रामपुर– १० नामक जातका वर्णशंकर पञ्जीकरण गरिएको, तराई/भित्री मधेश तथा बेसीका लागि रामपुर– ४, मनकामना– ७ तथा बढी प्रोटिन भएको पोषिलो मकै– २ उन्मोचन गरिएको उहाँले बताउनुभयो ।

यसैगरी मध्य र उच्च पहाडी भेगका लागि विभिन्न खाले सिन्दूरे रोग सहन सक्ने गहुँका मुनाल १ र च्याखुरा १ जातका बीउ उन्मोचन गरिएको तथा सुजी र पास्तासमेत बनाउन मिल्ने खजुरा ड्याम १ र खजुरा ड्याम २ जातका गहुँका नयाँ बीउसमेत सार्वजानिक गरिएको छ ।

परिषद्ले जुनारको बोक्रोबाट केक तथा क्यान्डी बनाउने तथा अकबरे र जिरेलगायत अन्य खुर्सानीको स्वाद वर्षैभरि लिन सक्ने हट सस प्रविधिको समेत विकसित गरेको छ ।

बाख्राबाट चार लिटर दूध

पशुपक्षीतर्फ बोयर र स्थानीय बाख्राको वर्णशंकर विकास गर्ने कार्य भइरहेको, बजारमा अत्यधिक माग भइरहेको बोरजातको बाख्राको माग पूरा गर्न, साना जातको बाख्राबाट दैनिक रुपमा चार लिटरसम्म दूध दिन तथा दूधबाट सरल तरिकाले चीज उत्पादन सफल भएको कार्यक्रमका कार्यकारी निर्देशक डा महतोले जानकारी दिनुभयो । उहाँले तराई, मध्य र उच्च पहाडी भेगमा कृषि यान्त्रिकीकरण अनुसन्धान र परीक्षण केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको बताउनुभयो ।

कार्यक्रममा परिषद्का पूर्वकार्यकारी निर्देशक डा नन्दप्रसाद श्रेष्ठले परिषद्लाई कृषि विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न आग्रह गर्नुभयो ।

कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा ईश्वरीप्रसाद ढकालले परिषद्ले अनुसन्धान गरेका नतिजा कृषकको खेतबारीमा पु¥याउन प्रचार–प्रसारमा जोड दिनुपर्छ भन्नुभयो ।

अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान प्रतिष्ठानका नेपाल प्रतिनिधि प्राडा भवप्रसाद त्रिपाठीले धानबालीमा लागानी बढाउनुपर्छ भन्नुभयो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सरकारले कृषि क्षेत्रमा लगानी बढाउन लागेको जानकारी दिँदै लगानी अनुरुपको प्रतिफल निकाल्न निर्देशन दिनुभयो । उहाँले समग्र कृषिको सुधारका लागि सरकारले ५८बुँदे कार्ययोजना जारी गरेकाले यसको प्रभावकारी कार्यान्वनयमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव डा युवकध्वज जिसीले कृषि अनुसन्धानमा मन्त्रालयको उच्च प्राथमिकता रहेको बताउनुभयो । (रासस)

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top