sujim advert

हाम्रो बसाइ नै विकासको बाधक छ: प्रम

    बैशाख २२, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

bidur tax consultancy services in nuwakot

चितवन/प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो बसाइ नै विकासको बाधक भएको बताउनुभएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको पहिलो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अव्यवस्थित बसोबासलाई व्यवस्थित गरिने बताउँदै भन्नुभयो, “एउटा घरबाट अर्काे घर पुग्न दुई घण्टा समय लाग्छ, एउटा गाउँ बनाउन १० वटा डाँडाको बसोबास जोड्नुपर्छ ।” यस्तो अव्यवस्थित बसोबासमा शिक्षा, स्वास्थ्य, सडक, बिजुली पु¥याउन कठिन हुन्छ, अब एकीकृत व्यवस्थित बसोबास बनाउनतर्फ सरकार लाग्नेछ ।”

बताउनुभयो । आजै काठमाडौँबाट हेलिकप्टरमार्फत आउँदा भीरमा घर देखिएको प्रसंग कोट्याउँदै उहाँले भन्नुभयो, “त्यो घरमा कहाँबाट जाने, जान दुई तीन घण्टा लाग्छ, हरेक पटक हिँड्दा ज्यान जोखिममा पर्छ ।” भीरमा रहेका घर सार्नुपर्छ भन्दै उहाँले उपयुक्त ठाउँको खोजी गरी त्यस्ता घर स्थानान्तरण गरिने बताउनुभयो ।

अर्काे प्रसङ्गमा प्रधानमन्त्री ओलीले नेपालको आयातनिर्यात असन्तुलन नभई ध्वस्त भएको बताउँदै भन्नुभयो, “हामीले ९३ रुपैयाँको आयात गर्छौं, सात रुपैयाँको निर्यात गर्छांै, यो असन्तुलन होइन, ध्वस्त भएको हो ।” हामीले लगाएको कुनै पनि कपडा नेपालमा नबनेको बताउँदै उहाँले भन्नुभयो, “मैले लगाएको ढाका टोपीको धागो, त्यसको भित्री र टोपी सिउने सियो पनि विदेशबाटै आउँछ ।” नेपालमा कपास, रेशम र ऊन उत्पादनको राम्रो सम्भावना रहेकाले अब त्यस्ता वस्तुको आयात अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालका बहुमूल्य प्राकृतिक साधनस्रोतको अधिकतम प्रयोग गरी नेपाललाई समृद्ध बनाउनेतर्फ लाग्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । नेपालको मालदह आँप विश्वमा नै निर्यात गर्न सकिने बताउँदै उहाँले भन्नुभयो, “आँप अमेरिका, कोरिया, रुस, क्यानडाजस्ता देशमा फल्दैन, नेपालमा फलाएर विश्वलाई खुवाउन सकिन्छ ।”

नेपाललाई प्राङ्गारिक कृषि क्षेत्र बनाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हामी केही वर्षभित्र नेपाललाई अर्गानिक कृषि क्षेत्र बनाउँछौँ ।” नेपालमा प्राकृतिक उत्पादनको वर्णन गर्दै उहाँले भन्नुभयो, “हिमालमा झार उम्रियो भने ५० लाख किलोपर्ने यार्सागुम्बा बन्छ, यहाँको पानी मिनिरल वाटर बन्छ ।”

सो अवसरमा भारतको चौधरी चारणसिंह हरियाना कृषि विश्वविद्यालय हिसार भारतका उपकुलपति प्रा डा केपी सिंहले नेपालमा बहुजनसंख्या कृषिमा आश्रित भएकाले कृषि क्षेत्रको विकासका लागि कृषि शिक्षा उपयोगी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले पुरातन कृषि प्रणालीबाट आधुनिक कृषि प्रणालीतर्फ लाग्न कृषि शिक्षाको बढी महत्व रहेको बताउँदै कृषिमा नयाँ अनुसन्धानतर्फ लाग्न आह्वान गर्नुभयो ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैज्ञानिक ज्ञानको व्यापक प्रयोग गरी समृद्ध नेपाल निर्माणतर्फ अगाडि बढ्नुपर्ने बताउँदै अब सरकारले प्राविधिक शिक्षामा जोड दिने जानकारी दिनुभयो ।

सो अवसरमा विश्वविद्यालयबाट विद्यावारिधि गर्ने प्रदीपराज रोकायालाई प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा विसं २०७०÷०७१ मा विश्वविद्यालय प्रथम हुने विद्यार्थीलाई पदक तथा प्रमाणपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा ईश्वरीप्रसाद ढकालले दीक्षान्त हुने विद्यार्थीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

समारोहमा ३१२ विद्यार्थी दीक्षित भएका छन् । कृषि विज्ञानमा स्नातकोत्तर उत्तीर्ण भएका दुई सेमेष्टरबाट १३१, जैविक प्रविधि विज्ञानमा स्नातकोत्तरबाट दुई, पशु चिकित्सामा स्नातकोत्तरबाट २७, पशु विज्ञानमा स्नातकोत्तर गरेका नौ, मत्स्य विज्ञानमा स्नातकोत्तर गरेका नौ, वन विज्ञानमा स्नातकोत्तर गरेका १० र विद्यावारिधि गरेका एक एवं कृषि विज्ञानमा स्नातक गरेका ९४ र वनविज्ञानमा स्नातक गरेका २९ जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागी थिए । विश्वविद्यालय स्थापनापछि एक जनाले विद्यावारिधि सम्पन्न गरेका छन् भने स्नातकोत्तर तहमा कृषि र पशु चिकित्सा सङ्कायबाट दुई दुई सत्र र वन संकायबाट एक सत्र एवं स्नातकमा कृषिबाट एक र वन संकायबाट एक सत्र उत्तीर्ण भइसकेका छन् । पशु स्वास्थ्य विज्ञान र मत्स्य विज्ञानमा स्नातक तहमा विद्यार्थी उत्तीर्ण हुन बाँकी छ । विश्वविद्यालय विसं २०६७ मा स्थापना भएको हो । (रासस)

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top