World Tuberculosis Day 2025
sujim advert

राम्चेमा सामूहिक चौँरीपालन

    बैशाख १३, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

बाबियाचौर, म्याग्दी/अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवा र प्रौढहरुले सामूहिक चौँरीपालन गरेका छन् ।

गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले त्यहाँका युवा र प्रौढ प्रगतिशील बाबा समूहमा आबद्ध भएर सामूहिक चौँरीपालन गरेका समूहका अध्यक्ष गमबहादुर पुर्जाले जानकारी दिनुभयो ।

समूहको कोषमा रहेको रु चार लाख २० हजार लगानीमा कास्कीको घान्द्रुकबाट विसं २०७० मा १२ वटा चौँरी ल्याएर पाल्न थालिएको थियो । हाल चौँरीको संख्या बढेर ३२ वटा पुगेको छ । आठ वटा याक छन् । बाह्र वटा चौँरी ब्याउने छन् ।

चौँरीको संख्या वृद्धि गरी ८० वटासम्म पु¥याएपछि चिज उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष पुर्जाले जानकारी दिनुभयो । राम्चेका वडासदस्य यामबहादुर पुनले सञ्चालन गर्नुभएको चिज उद्योगमा हाल जर्सी गाईको दूधबाट चिज उत्पादन हुने गरेको छ ।

पर्यटकीयस्थल र अन्तर्राष्ट्रिय बजारमा चौँरी गाईको दूधबाट बनेको चिजको राम्रो खपत हुने गरेको छ । चिजका साथै याकको मासुसमेत बजारमा माग अत्यधिक छ । हाल एकजना कर्मचारी राखेर चौँरीको रेखदेख गरिँदै आएको छ ।

राम्चेको कालीदह, तिनपोखरे, मोहरेडाँडा, ढुङ्गाडाँडाको जंगल क्षेत्रमा चौँरीलाई चरिचरन गराइँदै आएको छ । चौँरीको गोठ सुधार, खोपलगायत प्राविधिक सेवाका लागि गाउँपालिका, वडा कार्यालय र पशु सेवा शाखाले सहयोग गरेका छन् ।

गत वर्ष तत्कालीन पशु सेवा कार्यालयले चौँरीको गोठ सुधारका लागि रु एक लाख ५० हजार अनुदान उपलब्ध गराएको थियो । यस वर्ष वडाको प्रस्तावमा गाउँपालिकाले रु दुई लाख विनियोजन गरेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top