sujim bazar dashain tihar bumper offer

सौर्य ऊर्जाबाट थोपा सिँचाइ

    बैशाख ११, २०७५

sizen education study in Japan
ananda Jewellery shop

agriculture irrigation
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

बनियानी, झापा/ झापाको अर्जुनधारा नगरपालिकामा थोपा सिँचाइ प्रविधि भित्र्याइएको छ ।

कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जाबाट सञ्चालन हुने थोपा सिँचाइ प्रविधि भित्र्याइएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगर क्षेत्रका ३० जना किसानलाई अनुदानमा थोपा सिँचाइ प्रविधि उपलब्ध गराउने तयारी भइरहेको छ । “विशेष गरी तरकारी उत्पादन गरिरहेका किसानलाई लक्षित गरेर यो प्रविधि भित्र्याउन लागिएको हो”, उहाँले भन्नुभयो, “यसको परीक्षण प्रदर्शनी पनि गरिसकेका छौँ ।”

किसानलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ६० प्रतिशत अनुदान र किसानको ४० प्रतिशत लागत सहभागितामा यो प्रविधि उपलब्ध गराइने भट्टराईले जानकारी दिनुभयो ।

यो प्रविधि सौर्य ऊर्जामार्फत पानी तानेर ट्याङ्कीमा जम्मा गर्ने र प्लाष्टिक पाइपको माध्यमले प्रत्येक बिरुवामा थोपा सिँचाइ गरिन्छ । हाल यो क्षेत्रका किसानले बोरिङबाट सिँचाइ गर्दै आएका छन् । (रासस)

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top