sujim advert

दुध सङ्कलन चिस्यान केन्द्र निर्माण

    बैशाख ७, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

पञ्चकन्या / नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं २ सहरेटारमा रहेको मिश्रफाँट कृषि सहकारी संस्थामा दुध सङ्कलन चिस्यान केन्द्र निर्माण भएपछी किसानहरुलाई सहजता भएको छ ।

युएनडिपि र सहकार्य समाज नेपालको सयुक्त साझेदारीमा सञ्चालित सामुदायिक संरचना तथा जिविकोपार्जन पुनःस्थापना कार्यक्रम अन्तरगत घरमै खपत हुने दुध उक्त सङकलन केन्द्रमा दुध बिक्री गरेपछि किसानलाई आयआर्जन गर्न सहज भएको छ ।

सङ्कलन केन्द्रमा जम्मा हुने दुध यहीँको स्थानीय बजारमा खपत हुने गरेको छ । यस केन्द्रमा किसानले आफ्नो घरमा गाई भैंसीबाट उत्पादन हुने दूध दैनिक १२० लिटर सम्म सङ्कलन हुने गरेको छ ।

उक्त सङ्कलन केन्द्र निर्माणमा पञ्चकन्या गाउँपालिकाको २ लाख, युएनडिपिकोको ३ लाख, समुदायको श्रमदान योगदान १ लाख २३ हजार लगानी रहेको सहकार्य समाज नेपाल नुवाकोटका अध्यक्ष निलकण्ठ आचार्य बताउनुभयो ।

दूध सङ्कलन चिस्यान केन्द्र निर्माणले किसानले उत्पादन गरेको दुध बिक्री बितरण गरी आम्दानी गरि जिविकोपार्जन गर्न सहज भएको र गाउँको बिकासको लागि कृषि क्षेत्रको उत्पादनलाई वृद्धि गरि ब्यबसायिकरण गर्नुपर्ने वडा नं २ कबिलासका वडा अध्यक्ष धुर्व मिश्र बताउनुभयो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top