sujim advert

नुवाकोटका २ नगरपालिका र १० गाउँपालिकामा कर्मचारीको अभाव

    बैशाख ७, २०७५

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

Map of Nuwakot
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

विदुर/नुवाकोटको दुईवटा नगरपालिका, १० वटा गाउँपालिकाले कर्मचारीको अभाव झेलिरहेका छन् ।

कर्मचारी अभावले काम दुर्तगतिमा अघि बढ्न सकेको छैन । कर्मचारी अपुग भएकाले थोरै जनशक्तिबाट धेरै काम गर्नुपरेको तादी गाँउपालीकाले जनाएको छ । स्थानिय तहको पुनःसंरचना भएसँगै जिल्ला स्थित सरकारी कार्यालयहरु पनी सबै स्थानिय तहमा मिलान हुने भनिएता पनी हाल सम्म कार्यालय समायोजन हुन नसक्दा स्थानिय तहमा समस्या भएको छ । सम्बन्धित क्षेत्रको लागी स्थानिय तहले करारमा कर्मचारी नियुक्ति गर्न सकिने ब्यबस्था भएता पनी पछि कार्यालय समायोजन पश्चात समस्या हुने हुँदा स्थानिय तहहरु कर्मचारी नियुक्तिमा जान सकेका छैनन् ।

तर कार्यालयमा कर्मचारी अभाबले गर्दा सेवाग्राहिहरुको समस्या समाधान गर्न सकिएको छैन् । जिल्लाको पुरानो नगरपालिका विदुरको पनि कर्मचारी समस्या उस्तै रहेको छ । कार्यालयका लेखा अधिकृत, लेखापाल, र अन्य आवश्यक दरबन्दी नहुदा दैनिक कार्य प्रभावित भइरहेको छ ।
यस्तै, बेल्कोट गढी नगरपालीकामा पाी कर्मचारीको अबस्था उस्तै रहेको छ । नुवाकोटको नयाँ र दोश्रो नगरपालीकाको रुपमा रहेको बेल्कोटगढी नगरपालीकामा कार्यकारी अधिकृत, लेखापाल, सुचना प्रविधि अधिकृत, स्वास्थ्य संयोजक, बागवानी अधिकृत, ओभरसियर, सामाजिक परिचालक, सहयोगी गरी ८ जना छन् ।

नगरपालीकाको कार्य सञ्चालनका लागी तत्काललाई ६० जना कर्मचारी चाहिले कार्यादेश रहेको छ । तर ८ वजना कर्मचारीले ६० जना कर्मचारीको काम गर्नु पर्ने बाध्यता रहेको छ । एउटै सचिवले ४ वटा वडाको काम भ्याउनुपर्ने बाध्यता रहेको छ । कर्मचारी व्यवस्थापन कार्य्विधि नआउँदा समस्या भएको नगरपालिकाको भनाइ छ ।

कामको चापका कारण नगर प्रमुख, उप–प्रमुख कार्यकारी अधिकृत र लेखापालको बास कार्यालयमै भइरहेको छ । चारैजना कार्यालयमै बसेर नगरबासीलाई सेवा प्रदान गरिरहेका छन् । भुकम्प पीडितका लागि निर्माण गरिएको सामुदायिक भवनमा नगरपालिकाको कार्यालय रहेको छ ।

बेलकोटगढीको जस्तै समस्या अन्य स्थानीय तहको पनि यस्तै समस्या रहेको छ । सुर्यगढी, पञ्चकन्या, तादी, लिखु, शिवपुरी, ककनी, दुप्चेश्वर, तारकेश्वर, मेघाङ र किस्पाङ गाउँपालिकाको समस्या पनि उस्तै छ ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top