sujim advert

बाली उपचार शिविर सञ्चालन

    बैशाख २, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

रसुवा/व्यावसायिक रूपमा फलफूल तथा तरकारी खेती गरिरहेका रसुवाका कृषकलाई सम्पूर्ण उपचार र रोग तथा किराको पहिचान गरेर क्षति हुनबाट जोगाउन बाली उपचार शिविर सञ्चालन भइरहेको छ ।

जिल्ला कृषि विकास कार्यालय रसुवाका अनुसार उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा सञ्चालन भइरहेको शिविरमा बाढी, पहिरो पीडित राहत कार्यक्रमअन्तर्गत किसानले लगाएको खेती बालीमा लाग्ने रोग–किराहरूको विद्यमान समस्या समाधान गरिएको छ । किसानले भोग्नुपरेको बाली समस्याबारे परामर्श तथा विषादी प्रयोगबारे जानकारी दिन शिविर सञ्चालन गरिएको कार्यालयले बताएको छ ।

गोलभेँडामा टुटाको प्रकोप, भाइरस, जोतुवा किरा, फेद कुहिने रोग, बढी मात्रामा भेटिएकाले तापक्रममा परिवर्तन आवश्यकताभन्दा बढी विषादीको प्रयोगलगायतका समस्या बढी देखिएको सो कार्यालयले जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top