sujim bazar advert

ज्येष्ठ नागरिक सम्मान

    माघ २७, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

बेलकोटगढी/बेलकोटगढी नगरपालिका वडा नं. १० ले वडाभरीका वृद्धवृद्धाहरुको सम्मान गरेको छ । वडाका ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई ब्लयाङकेट वितरणसहित वडाभरीका एक महिला र एक पुरुष ज्येष्ठ नागरिकलाई विशेष सम्मान गरिएको छ ।

नगरपालिकाको स्वीकृत कार्यक्रम अन्तर्गत वडाको बजेटबाट ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ ।

बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाभरीका ज्येष्ठ नागरिक ललितबहादुर पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । ९४ वर्षिया पौडेललाई प्रमुख अतिथि खनालले दोसल्ला ओढाएर सम्मान गरेका हो । यस्तै महिलातर्फ निलकुमारी डोटेललाई पनि सम्मान गरिएको छ । ८० वर्ष उमेर पुगेका ८० भन्दा धेरै ज्येष्ठ नागरिकलाई ब्लयाङकेट उपहारसहित खादाद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले ज्येष्ठ नागरिक समाजका ऐना भएका उनीहरुको सम्मानका लागि राज्यको सहयोग अपरिहार्य भएको बताए । उहाँले मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेलादेखि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, वृद्ध भत्ता उपलब्ध गराउने प्रयास सुरु भएको बताए । राज्यले गर्ने सानो सहयोग पनि ज्येष्ठ नागरिकका लागि बाँच्ने ठूलो आधार भएको बताउँदै खनालले नयाँ पुस्ताले पुरानो पुस्ताको सम्मान गर्न सिक्नुपर्ने बताए ।

कार्यक्रममा बेलकोटगढी नगरपालिका वडा नंं १० का वडा अध्यक्ष पूर्णबहादुर त्रिपाठीले ज्येष्ठ नागरिकको सम्मान गर्ने अवसर आफूलाई ज्येष्ठ नागरिकबाटै प्राप्त भएको बताउँदै ज्येष्ठ नागरिकको आर्शिवादबाट आफू अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा विशेष सम्मान पाउने पौडेल र डोटेलका परिवारलाई उत्कष्ठ स्याहार सम्मानबाटसमेत सम्मान गरिएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा नुवाकोटका अध्यक्ष भोलाराज पौडेल, वडा सदस्यहरु सरस्वती तिवारी, अर्जुन तिवारी, राजाराम पाण्डे, सुनीता मिजार, वडा कार्यालयका प्राविधिक सहायक अमर तामाङलगायतको सहभागीता रहेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top