२०८१, १३ बैशाख बिहीबार

बेलकोटगढीमा किवी खेतीका लागि नगरपालिकाको बजेट

    माघ २७ २०७४ १७:०७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बेलकोटगढी/बेलकोटगढी नगरपालिकामा किवी खेती सुरु भएको छ । नगरपालिकाको कृषि क्षेत्रको बजेटबाट किसानहरुलाई ७५ प्रतिशत अनुदानमा किवीको विरुवा वितरण गरिएको छ ।

बेलकोटगढी नगरपालिका वडा नं. १ मा आयोजित एक कार्यक्रममा नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले किवीको विरुवा सारेर कार्यक्रमको शुभारम्भ गरेका थिए । स्थानीय प्रकाश सापकोटाको बारीमा प्रमुख खनालले किविको विरुण रोपेको छ । वडा नं. १ को कार्यालयको दुई लाख ८७ हजार रुपैयाँ अनुदानमा वडाका किसानहरुलाई किवीको विरुवा अनुदानमा वितरण गरिएको हो ।

यो फल सुगर प्रेसरका रोगीहरुको लागि खान मिल्ने र तीन सय ५० रुपैयाँ प्रतिकिलोको विक्री हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ट बागवानी विकास अधिकृत छविलाल शर्माले बताए । नगरपालिकाले नगर क्षेत्रमा दुई हजार दुई सय किवीको विरुण यस वर्ष वितरण गर्ने योजना अघि सारेको छ । वडा नं. ९ मा दुई सय ५० बोट विरुवा एकै व्यक्तिले रोपेको र सामूहिक रुपमा पनि किवी खेतीको सुरु भएको अधिकृत शर्माले जनाए।

बेलकोट गढी नगरपालिकाको वडा नं. १, ९, ११, र ४ नं. वडाको माथिल्लो भेगमा किवी खेतीको विस्तारको कार्यक्रम अघि सारिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताए । नगरपालिकाले किवी खेतीको लागि यस वर्ष तीन लाख रुपैयाँ बजेटसमेत विनियोजन गरी कार्यक्रम अघि सारेको छ ।

तीन वर्षपछि फल दिने किवी महंगो विक्री हुने फलमा पर्दछ । किवीबाट वाइन तथा सलादसमेत बनाउन सकिन्छ । १५०० सय मिटर उचाईमा हुने किवी खेतीको फस्टाएमा नगरपालिकाको माथिल्लो भेगका बासिन्दाको जीवनस्तर उकास्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएकोले कृषि प्राविधिक मधुसुदन पाण्डेले बताए । होटलहरुमा सहजै विक्री हुने भएकाले यसको बजारको समेत अभाव नहुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top