sujim advert

शिवपुरीमा कृषि उपज सामग्री प्रर्दशनी

    माघ २७, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Belkotgadhi Agriculture Exhibition Nuwakot
bidur tax consultancy services in nuwakot

शिवपुरी/नुवाकोटको शिवपुरी गाउँपालिकामा कृषि उपजहरुको बजारीकरणको लागि कृषि उपज प्रर्दशनी सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका वडा नं. ८ थानापतिका किसानहरुले उत्पादन गरेको तरकारी तथा फलफूलको बजारीकरणको लागि गाउँपालिकामा कृषि प्रर्दशनी गरिएको हो ।

ग्रामीण स्वावलम्वन विकास केन्द्रको आयोजनामा भएको प्रर्दशनीमा किसानहरुले काउली, गोलभेँडा, बन्दा, सीमी, लसुन, भूइँस्याउ, अदुवा, साग, धनिया, केरा, उखु, मुलालगायतका कृषि उपज प्रर्दशनीमा राखिएको थियो । प्रर्दशनीमा स्थानीय अगुवा किसान रामकुमार थापालाई व्यवसायिक उत्कृष्ठ किसानको रुपमा प्लास्टिकको टनेलसहित सम्मान गरिएको छ । तरकारीबालीतर्फ उत्कृष्ठ रुदुवा आयआर्जन समूहका मिठुदेवी उप्रेती र पञ्चकन्या समूहकी मेनुका पाण्डे, फलफूलतर्फ राम्चे समूहकी रोसनी लामा र मसलाखेतीतर्फ पञ्चकन्या समूहकै भगवती थपलियालाई पुरस्कृत गरिएको छ । प्रमुख अतिथि शिवपुरी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पदम थपलियाले किसानहरुलाई सम्मान गरेका थिए ।

प्रर्दशनीमा १२ वटा आयआर्जन समूहका ४४ जना किसानले आफूले उत्पादन गरेको कृषि उपज राखिएको थियो । प्रर्दशनीमा काउली, गोलभेडाँ, रायोको साग, अदुवा, मुला मुख्य आकर्षण रहेको कार्यक्रम संयोजक दिलिप खवासले बताए ।

आयोजक संस्थाको तर्फबाट ग्रामीण स्वावलम्वन विकास केन्द्रका कार्यकारी प्रमुख डा. दुर्गाप्रसाद पौडेलले गरिवी निवारणको लागि समूह मार्फत एकले अर्कोलाई सहयोग गरेर अघि बढ्ने उदेश्य रहेको बताए ।

उत्पादित तरकारी विक्रीको लागि संकलन केन्द्रमा जम्मा गर्ने र संकलन केन्द्रबाट बजारसम्म पु-याउने उद्देश्यले प्रर्दशनी आयोजना गरिएको आयोजक संस्थाले बताएको छ । तरकारीमा विचौलियाको अन्त गरी किसानले आफ्नो उत्पादनको मूल्य उचित पाउनको लागि संस्थाले समन्वय गरिरहेको कार्यक्रममा जानकारी गराइएको छ । प्रदर्शनीमा सहभागी हुने किसानलाई संस्थाले गोलभेडाँ, मुला, काउलीलगायतका तरकारीको विउसमेत निःशुल्क प्रदान गरेको छ ।

तीन वर्ष अघि संस्थाले थानापतिका ३५० घरधुरीलाई आत्मनिर्भर बनाउने उद्देश्यले किसानहरुलाई समूहमा आवद्ध गराएर आयआर्जनको स्रोत देखाउने काम गरेको कार्यक्रमका फिल्ड संयोजक साधुराम सापकोटाले जानकारी दिए ।

काठमाडौंसँग जोडिएको तरकारीको लागि उर्वरभूमि भएपनि यहाँ उत्पादित तरकारीले उचित मूल्य पाउन नसकेको किसानहरु बताउँछन् । पछिल्लो दुई वर्षको अवधिमा यस क्षेत्रमा एक सय भन्दा धेरै किसानले टनेलमार्फत मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेका छन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top