sujim bazar advert

सडक निर्माणमा लापरवाही भएको स्थानीयको गुनासो

    माघ १६, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

pasang lhmu highway construction
Big Education Consultancy Nuwakot
global ime bank flash loan

बेलकोटगढी । नुवाकोटको पासाङल्हामु मार्ग अन्तर्गत रानीपौवादेखि पिपलटारसम्मको सडक विस्तारका क्रममा आयोजनाले स्थानीयको मागलाई वेवास्था गरिएको सरोकारवालाहरुले बताएका छन् ।

मंगलवार बेलकोटगढी नगरपालिका वडा नं. १० स्थित धमलेमा पासाङल्हामु सरोकार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै स्थानीयहरुले सडक निर्माण गर्दा न्यूनतम मापदण्डलाई समेत आयोजनाले वेवास्था गरेको आरोप लगाएका छन् ।

सडक विस्तार गर्दा कटिङ गरिएको माटो जथाभावी फाल्दा बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकाभित्रका तलतिरका फाँट पुर्ने तथा सिंचाई कुलो मासिएको पीडितहरुको गुनासो छ । ‘सडक विस्तार गर्दा माटो व्यवस्थापन सही रुपमा नहुँदा खेत र कुलो पुरिएको छ, स्थानीय नवराज जमकट्टेलले भने– ‘दुई वर्षदेखि खेतमा बाली लगाउन र कुलो चलाउन सकिएको छैन ।’ सडक विस्तार गर्दा सडक सीमा दायाँ वाया १५/१५ मिटर मापदण्ड भनिएपनि सडकको माथिल्लो भाग मात्र काटेर सडक आयोजनाले पहिरोको जोखिम निम्त्याएको स्थानीयवासीहरुले गुनासो गरेका छन् । कतिपय घरहरु पहिरोको उच्च जोखिममा रहेपनि आयोजनाले टेवा पर्खाल नलगाएको भन्दै स्थानीयहरुले आक्रोस पोखेका थिए ।

सडक विस्तार गर्दा घर भत्काउनुपर्ने घरधनीलाई आयोजनाले क्षतिपुर्ती वापत रकम दिएपनि सो रकम असमान रहेको पीडितहरुले गुनासो गरेका छन् । बेलकोटगढी नगरपालिका वडा नं. ११ का नवराज तिवारीले पहुँच र सम्पर्कका आधारमा घरको मुआव्जा वितरण गरिएको आरोप लगाए । गल्छी–त्रिशूली–मैलुङ सडकमा पर्ने जग्गा र घरको मुआव्जा दिने प्रक्रिया सुरु भइसकेको अवस्थामा बालाजु–ं रानीपौवा–पिपलटार सडक खण्डका जग्गाधनीहरुले पनि जग्गाको उचित क्षतिपुर्ती पाउनुपर्ने माग अघि पारेका छन् ।

सरोकार समिति अन्र्तगतको उपसमितिका संयोजक राजेन्द्र तिवारीले एकतिरमात्र एकै व्यक्तिको जग्गा अधिग्रहण गर्दा जग्गाकोसमेत मुआव्जा पाउनुपर्ने बताए । उनले सडक निर्माणको काम प्रभावकारी नभएकोले प्रयाप्त साधन प्रयोग गरेर सडक विस्तारको काम खण्ड खण्डमा विभाजन गरेर जति सक्दो चाडो निर्माण गर्न आयोजनासँग माग गरे । प्रभावित क्षेत्रका बासिन्दाकोतर्फबाट माग राख्दै तिवारीले भूक्षय, बाढी, पहिरो र वनजंगलको विनास भएको तर्फ सडक वेखवर रहेकाले यस्ता समस्या समाधानमा लाग्न आयोजनाको ध्यानाकर्षर्ण गराए ।

आयोजनाको तर्फबाट बोल्दै आयोजना प्रमुख निरोज शर्माले २०२१ सालमै सडकको सीमा दायाँवाया १५/१५ मिटर कायम गरी राजपत्रमा सुचना जारी भएकाले जग्गाको मुआव्जा दिन नसकिने बताए । उनले आयोजना अन्र्तगतका टेवा पर्खाल लगाउने काम पहिलो चरणमा सकिएकाले थप जोखिम निम्त्याउने स्थानहरुको पहिचान गरी यस्ता ठाउँमा टेवा पर्खाल लगाउनको लागि रकम माग गरिएको बताए । एक्जिम वैंक भारतको सहयोगमा दुई वर्ष अघि निर्माण सुरु भएको ककनी– पिपलटार सडक खण्डको प्रगती सन्तोषजनक नभएको स्थानीयवासीहरुको आरोप रहेको छ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top