२०८१, ५ बैशाख बुधबार

अण्डाको मूल्य १५ रुपैयाँ

    पुष २ २०७४ १९:३७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/नुवाकोटमा कुखुराको अण्डा उत्पादन गर्ने किसानहरु संगठित भएका छन् । अण्डा उत्पादक किसानहरुको भेलाले रमेश चित्रकारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा रामचन्द्र श्रेष्ठ, सचिवमा ठाकुर नेपाल, कोषाध्यक्षमा सुवर्णमान श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा नवराज कोइराला, दीपक रिजाल, सन्तुमाया तामाङ, रमेश आचार्य र दीपक प्याकुरेल चयन हुनुभएको छ ।

भेलाले अण्डाको न्यूनतम मूल्यसमेत निर्धारण गरेको छ । नयाँ मूल्य अनुसार अण्डा प्रतिपेटी दुई हजार तीन सय ५० रुपैयाँ होलसेल मूल्य तोकिएको छ । खुद्रा मूल्य दुई हजार चार सय रुपैयाँ र प्रतिगोटा १५ रुपैयाँ तय भएको समितिका सदस्य नवराज कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top