sujim advert

रसुवामा एनएमबी बैंकको एटीएम काउन्टर

    ७ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

nmb nepal
bidur tax consultancy services in nuwakot

धुन्चे/रसुवाको सदरमुकाम धुन्चेमा एनएमबी बैकले एटीएम सेवा सञ्चालनमा ल्याएको छ । चार वर्षअघि शाखा स्थापना गरेको बैंकले सेवाग्राहीको सहजताका लागि एटीएम सेवा सुरु गरेको हो । सेवा सुरु भएसँगै चेकबाट कारोबार गर्न झन्झट मान्ने सेवाग्राहीलाई रकम निकाल्नका लागि सहज भएको छ ।

भूगोलको हिसाबले रातको समयमा रकम निकाल्न सेवाग्राही नआउने भएकाले बिहान ६ बजेदेखि राति १० बजेसम्म एटीएम काउन्टर खुला रहने शाखाका अप्रेसन इन्चार्ज बिनुपराज खनालले जानकारी दिए । उनले भने– अहिले बिहान ५ बजेदेखि राति १० बजेसम्म सेवा दिइने भए पनि आवश्यकताअनुसार २४सै घन्टा सेवा दिनेछौँ ।

ATM Card NMB Bank

एनएमबी बैंकले जिल्लाको टिमुरेमा समेत शाखा सञ्चालन गरिरहेको छ ।

सदरमुकाममा जनता बैंक र एनबी बैंकले एटीएम सेवा उपलब्ध गराउँदै आएका भए पनि बेलाबेलामा बन्द हुँदा सेवाग्राहीलाई समस्या हुने गरेको थियो । रसुवागढी नाका सञ्चालनमा आएको दुई वर्षदेखि जिल्लामा आर्थिक कारोबार बढेसँगै जिल्लामा एटीएम सेवा सुरु गर्न थालेको हो ।

सदरमुकाम धुन्चेमा एनएमबी, जनता र एनबी बैंकको एटीएम सेवा सञ्चालनमा छन् भने स्याफ्रुमा मेघा र प्रभु बैंक तथा चीनसँगको व्यापारिक नाकामा सेवा दिनका लागि सानिमा बैंकले टिमुरेमा एटीएम सेवा दिइरहेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top