sujim advert

नुवाकोटको १ नं.क्षेत्र लोकतन्त्रवादीको आधारभूमी हो: महत

    कार्तिक २४, २०७४

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

नेपाली काँग्रेसको तर्फवाट नुवाकोट क्षेत्र नं.१ को प्रदेशसभा २ मा उमेदवार रहेका काँग्रेस महासमिति सदस्य रमेशकुमार महतले १ नं. क्षेत्र लोकतन्त्रवादीको आधारभूमीको रुपमा रहेको र यसपटकको निर्वाचनमा काँग्रेसको विजयले यसलाई थप स्पष्ट पार्ने धारणा व्यक्त गरेका छन् । “२०४८ वाहेक सबै निर्वाचनमा काँग्रेसको विजयले १ नं.क्षेत्र काँग्रेसको किल्ला हो भन्ने प्रमाणित गरेको छ, अवको विजयपछि यो क्षेत्र लोकतन्त्रको नाराले सधैं गुञ्जायमान भईरहनेछ”–महतको थप भनाई थियो ।

मंगलवार सूर्यगढी गाउँपालिका ५ को हल्देकालिकामा कार्यकर्ता भेटघाटका क्रममा प्रदेशसभा उमेदवार महतले अहिलेको निर्वाचन कुनै पार्टी बिशेष भन्दा पनि लोकतन्त्र र साम्यवादवीचको जनमत परीक्षण समेत भएकाले विगतमा छरिएर रहेका सम्पूर्ण लोकतन्त्रवादीहरु एकै ठाउँमा उभिनुपर्नेमा जोडदिए । नुवाकोटको समग्र विकासमा काँग्रेसको नेतृत्वदायी भूमिकाका कारण छोटो समयमा उल्लेख्य प्रगती भएको वताउँदे काँग्रेस नेता महतले जनताको अभिमत सदैव विकास र समृद्धिको पक्षमा रहने भएकाले नुवाकोटका सबै क्षेत्रमा काँग्रेसको नेतृत्व स्थापित हुने दावी समेत गरे ।

कार्यक्रममा काँग्रेस क्षेत्रीय सचिव रामजी पौडेल, काँग्रेस नेता होम्सराज गिरी, रामशरण राई, रामकुमार गिरी लगायतले नुवाकोटको विकासको सारथी काँग्रेस मात्र भएकाले काँग्रेसको पक्षमा जनलहर सिर्जना भएको वताए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top